
शोभा शर्मा- सर्वोच्च अदालतले आमाको वंश छनोट गर्ने सन्तानलाई उनकै नाममात्र उल्लेख गरेर नागरिकताको प्रमाणपत्र दिन परमादेश गरेको छ।
काठमाडौं महानगरपालिका-३ की तनीसि चन्दको रिटमा फैसला गर्दै न्यायाधीश दिपककुमार कार्की र हरि फुयाँलको इजलासले जिल्ला प्रशासन कार्यालयका नाममा यस्तो परमादेश गरेको हो।
आमा वा बावुमध्ये एकको वंश छनोट गर्ने अधिकार सन्तानलाई भएको सर्वोच्चको उक्त फैसलामा उल्लेख छ।
साउन २४ गते गरेको फैसलाको पूर्णपाठमा उल्लेख छ, ‘निवेदकको वंश छनोट गर्ने अधिकार रहेको हुँदा निजले आवेदनका साथमा पेश गरेको अन्य कागजातबाट आमा र बावु दुवैको पहिचान खुलेकाले सो विवरण जिल्ला प्रशासन कार्यालयको ढड्डासम्ममा उल्लेख गरि माग गरेबमोजिम नागरिकता प्रमाणपत्रमा आमाको नाममात्र उल्लेख गरि नागरिकता जारी गर्नु भनि जिल्ला प्रशासन कार्यालय काठमाडौंको नाममा परमादेशको आदेश गरिदिएको छ।’
दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...