२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

डोटीमा जीप दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

डोटी- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका– समुहगाड नजिक कुखुराका चलला बोकेको सु.प.प्रदेश ०१०० च २६१५ नम्बरको जीप दुर्घटना भएको हो ।

धनगढीबाट बाजुराका लागि हिडेको उक्त जीप शुक्रबार बिहान ४ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा धनगढी उप– महानगरपालिका–५ तारानगरका ५० वर्षीय हुकुम शाहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर मल्लले बताए । जीपमा सवार देवी कुमारी शाह घाइते भएकी छिन् । उनको शैलेश्वरी अस्पतालमा उपचार भैरहेको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ जेष्ठ २८

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP