काठमाडौँ – कोरोना संक्रमित भई ग्रान्डी अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ।
कात्तिक १२ गतेदेखि ग्राण्डीमा उपचार गराइरहेका विश्वकर्मालाई भेन्टिलेटरबाट निकालेर नर्मल बेडमा सारिएको उनका सहयोगी आकाश उप्रेतीले जानकारी दिए।
उनले आफैंले खाना खान थालेका छन् भने सामान्यभन्दा बढी अक्सिजनयुक्त कोठामा राखिएको छ।
भेन्टिलेटरमा राखिएको ६ दिनपछि गत कात्तिक १८ गते विश्वकर्माको होस खुलेसँगै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।
कात्तिक १ गते कोरोना संक्रमण भएका सांसद, पूर्वमन्त्री तथा कांग्रेस निकट दलित संघका अध्यक्ष विश्वकर्मा कात्तिक ८ गते श्वासप्रश्वासमा असहजता भई उपचारका लागि वीर अस्पताल भर्ना भएका थिए। अवस्था गम्भीर भएपछि उनलाई वीरबाट ग्रान्डी सारिएको थियो।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...