काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा भएको छलफलमा सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित १६ मध्ये १३ जना सांसद सहभागी थिए।
छलफलमा प्रधानमन्त्री शाहले सांसदहरुलाई आफ्नो कुरा राख्न भनेका थिए। सांसदहरुले पालैपालो आफ्ना कुराहरू राखेका थिए ।
त्यसै क्रममा डोटीबाट निर्वाचित सांसद भरत बहादुर खड्काले सुदूरपश्चिको विकासका लागि आफूले १२ बुँदे सुझाव दिएको बताए। सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली सारेर अन्याय गरिएको भन्दै डोटीलाई न्याय गर्न आफूले आग्रह गरेको खड्काले बताए ।
प्रधानमन्त्रीसँगको भेटमा डोटी र सुदूरपश्चिमका प्रमुख मुद्दाहरूका बारेमा प्रधानमन्त्रीको लिखित र मौखिकरूपमा ध्यानाकर्षण गराएको छु,”सांसद खड्काले भने,” पश्चिमसेती, खप्तड इन्जिनियरिङ क्याम्पस, फास्ट ट्र्याक, बोगटान सडक, सायललगायतका ग्रामीण सडकको जोखिम र तिनको कालोपत्रे, सातनाली पुल, सांस्कृतिक, धार्मिक पर्यटनको हब बनाउने लगायतका विषयमा कुरा राखेको छु । विशेष त पाँचौं विकास क्षेत्र हुँदाखेरिको क्षेत्रीय सदरमुकामबाट प्रदेशको राजधानी सारेका कारण डोटीलाई अन्याय भएकोले विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिएको छु ।”
प्रधानमन्त्री शाहले सांसदहरुको सबै कुरा नोट गरेको बताएका थिए । उनले सांसदहरुको कुरामा धेरै जवाफ दिएनन् ।
काठमाडौं – सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र...