दिपायल –कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले एकल महिलाहरूको ऋण मिनाहा गरेको छ। लघुवित्तको शिखर शाखाले श्रीमान गुमाएका दुई जना महिलाको ऋण मिनाहा गरेको हो ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शिखर शाखामा आबद्ध भई बचत तथा कर्जा कारोबार गर्दै आएका महिलाहरूका श्रीमानको निधन भए पछि ६ लाख ५० हजार रुपैयाँ मिनाहा गरेको शाखा प्रमुख महेन्द्र विष्टले बताए ।
शिखर नगरपालिका – ८ की पार्वती कुमारी कठायत र सोही पालिकाको वडा नम्बर १० बनलेककी कमली लुहारको ऋण मिनाहा गरिएको हो। कठायत र लुहार वित्तीय संस्थाको समूहमा सदस्य रही कारोबार गरिरहेकै अवधिका श्रीमानको निधन भए पछि ऋण मिनाहा गरिएको शाखा प्रमुख विष्टले बताए । उनका अनुसार कठायतले लघुवित्तबाट ३ लाख ५० हजार ऋण लिएकी थिइन् भने लुहारले ३ लाख ऋण लिएकी थिइन् । यस बीचमा ऋणी महिलाका श्रीमानको निधन भए पछि लघुवित्तले दुवै जनाको ऋण मिनाहा गरेको हो । निज महिलाहरूले कर्जा वाफत तिरिसकेको रकम समेत फिर्ता गरेर ऋण मिनाहा गरेको विष्टले बताए ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध, बचत तथा कारोबार गर्दै आएका अन्य व्यक्तिहरूले पनि यस्तो अवस्थामा यो सुविधा पाउने गरेको उनले बताए ।
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष...