दिपायल – डोटीमा जीप दुर्घटनामा परी चार जना यात्रु घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान जिल्लाको बोगटान फुड्सिल गाउँपालिका – ३ इनडा भन्ने ठाउँमा जीप दुर्घटना भएको हो । बोगटानबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जीप एक्कासी पछाडि गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।
दुर्घटनामा जीप चालक गौरीगंगा नगरपालिका – ९ कैलालीका २८ वर्षीय सन्तोष सापकोटासहित चार जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा कैलालीकै घोडाघोडी नगरपालिका – २ का ४५ वर्षीय योगेश बिनाडी, डोटीको बोगटान फुड्सिल गाउँपालिका – ३ कानाचौरका १७ वर्षीय नरेश साउद र अछामको ढकारी गाउँपालिका – ३ का १५ वर्षीय जनक बुढा घाइते भएका छन् । घाइते मध्य बिनाडी र साउदको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।
कैलाली – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले धनगढीमा रक्तदान कार्यक्रम...