नेपालगञ्ज – नेकपाका नेता महेश बस्नेतले संसद पुनस्र्थापना भएमा देशमा अराजकता बढ्ने बताएका छन् ।
प्रेस संगठन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसद पुनर्स्थापना भएमा देशमा अराजक र अपराधीकरण बढ्ने दाबी गरे । उनले माधव नेपाल र झलनाथ खनाललाई सूर्य चुनाव चिन्ह चाहिएमा मूलघरमा फर्किन आह्वान गरे ।
माधव नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै नेता बस्नेतले थपे, ‘भागी विवाह गर्नु भएको छ । थर र गोत्रको डर पनि छ । माधव र झलनाथले हसिया हथौडा लिन सक्नु पर्छ । सूर्य चिन्ह चाहिएमा यतै आए हुन्छ ।’
नेता बस्नेतले एमालेको गुटबन्दीमा रमाएका साथीहरु प्रचण्डतिर लागेको आरोप लगाए । बस्नेतले गुटबन्दी रमाएहरुका संसद पुनस्र्थापना भइहालेमा प्रधानमन्त्री हुन पाइन्छ कि भन्ने आशा रहेको बताए ।
बस्नेतले प्रचण्ड–माधव समूहलाई पार्टीको माओवादी वा मालेमा नामाकरण गरेर अघि बढ्न सुझाव दिँदै भने, ‘पेरिसडाडामा एमालेले दाबी गर्दैन । तपाईँ हरु पनि बल्खुलगायत देशभरका एमालेले पसिना बगाएर बनाएका संरचनाहरुमा आँखा नलगाउनुस् । यदि हाम्रा सम्पतिमा आँखा लगाएमा देशभरका युवा विद्यार्थी चुप बस्दैनन् ।’
डोटी– नेपाली कांग्रेस डोटीका उप–सभापति लक्ष्मण सिंहले कम्युनिष्टका दिन सकिएको बताए । नेपाली कांग्रेस शिखर नगरपालिकाले संसद विटनका विरुद्ध नगरमा...
डोटी- नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार...
नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार देशका सबै...