दिपायल – शिखर नगरपालिका का स्थानीयहरूले व्यवसायिकरूपमा पुष्प खेती गर्ने भएका छन् । नगरपालिकाको वडा नम्बर २ अन्तर्गतका स्थानीयहरूले व्यवसायिक पुष्प खेती गर्ने लक्ष सहित तालिम लिएका छन् ।
आईतबार वडाका ४५ जना कृषकहरुलाई पुष्प खेती सम्बन्धी एक दिने आधारभूत तालिम दिइएको वडाध्यक्ष गणेश बोगटीले बताए ।
शिखर नगरपालिकाको समन्वयमा कृषि ज्ञानकेन्द्र र कृषि विकास निर्देशनालयको सहयोग तथा वडा कार्यालयको आयोजनामा तालिमको आयोजना गरिएको हो । कृषि विकास निर्देशनालयले कृषकहरुलाई बीउ र आबस्यक सामग्रीहरू उपलब्ध गराउने छ ।
जिल्लामा पुष्प व्यवसायको सम्भावना प्रचुर रहेको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । फूलको अभावमा आयातित प्लास्टिकका फूल, खादा लगायतका सामग्रीमा लगानी बाहिरिएको बताउँदै उनले स्थानीय उत्पादन र व्यवसायिलाई नगर सरकारले जोड दिने बताए । स्थानीय उत्पादन मुलक व्यवसायिक खेती गर्ने कृषकहरुलाई नगरले सहयोग गर्दै आएको उनले बताए ।
फूल उत्पादन पछि बजारीकरणको व्यवस्थापन रैका ट्राभल्स एन्ड टूरले गर्ने प्रबन्धक अमर बहादुर शाहीले बताए ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...