२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

शिखर नगरपालिकाको राहत कोषमा लक्ष्मी लघुवित्तको दश हजार सहयोग

डोटी- लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड शिखर शाखा डोटीले शिखर नगरपालिका डोटीको कोरोना राहत नियन्त्रण तथा रोकथाम कोषलाइ दश हजार सहयोग गरेको छ ।

मंगलवार शाखा प्रमुख जयन्ती जोशीले शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीलाई दश हजारको चेक हस्तान्तरण गरेको शिखर नगरपालिका डोटीका निमित्त कार्यकारी अधिकृत पर्मानन्द शर्माले वताए ।

चेक ग्रहण गर्दै शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले संकटको समयमा रकम उपलव्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै सहयोगका लागि सम्पूर्ण सुभचिन्तक, संघसंस्थालाइ आग्रह गरेका छन ।

रकम हस्तान्तरण कार्यक्रममा शिखर नगरपालिकाका उप नगर प्रमुख धौली देवी रावल, शिखर नगरपालिकाका निमित्त कार्यकारी प्रमुख पर्मानन्द शर्मा र लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीको सहभागी रहेको थियो ।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०७७ जेष्ठ २७

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP