२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ८६ पुग्यो : डोटीका १० जना संक्रमित

धनगढी : सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८६ पुगेको छ। धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेवगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। एक जना संक्रमितको मृत्यु भईसकेको छ। ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्।
सबैभन्दा बढि कैलालीका ३८ जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, बझाङमा दुई, डडेल्धुरा र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६४, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।dineshkhabar

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ २२

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP