दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा उनी दुई सय ८० मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी दीपक बहादुर खड्काले दुई सय ११ मत प्राप्त गरेको निर्वाचन अधिकृत कैलाश साउँदले बताए । अध्यक्ष पदका लागि ३ जना प्यानलसहित निर्वाचन लडेका थिए भने एक जनाले एकल उम्मेदवारी दिएका थिए ।
अर्का अध्यक्ष पदका उम्मेदवार प्रेम भण्डारीले एक सय ९७ मत प्राप्त गरे । त्यस्तै , एकल उमेदवार इन्द्र बहादुर कुँवर (आईजङ्ग) ले ९२ मत प्राप्त गरेका छन् ।
अध्यक्षमा निर्वाचित शाहको प्यानलबाट ४ जना पदाधिकारीसमेत निर्वाचित भएका छन् ।
संघकाे वरिष्ठ उपाध्यक्षमा शाह प्यानलकै दीर्घ बहादुर साउँद तीन सय ५२ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोक बहादुर खड्काले दुई सय १० मत प्राप्त गरे भने वरिष्ठ उपाध्यक्षकै अर्का उम्मेदवार चन्द्रराज पाठकले एक सय ८१ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार खड्का दीपक खड्का प्यानलबाट निर्वाचन लडेका थिए भने पाठक प्रेम भण्डारी प्यानलबाट निर्वाचन लडेका थिए ।
उपाध्यक्ष उद्योग तर्फ पनि शाह प्यानलकै रमेश बोहरा तीन सय ८६ मत सहित विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नन्दराम भण्डारीले तीन सय ७ मत प्राप्त गरे । उनी प्रेम भण्डारी प्यानलबाट निर्वाचन लडेका थिए ।
उपाध्यक्ष वाणिज्य तर्फ प्रेम भण्डारी प्यनलकबाट लाल बहादुर कठायत दुई सय ७९ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गणेश बोहराले दुई सय ५६ मत प्राप्त गर्दा अर्का उम्मेदवार लोक बहादुर देउवाले एक सय ९८ मत प्राप्त गरे । बोहरा खड्का प्यानलबाट निर्वाचन लडेका थिए भने देउवा शाह प्यानलबाट निर्वाचन लडेका थिए ।
त्यसै गरी संघकाे महासचिवमा रोशन कठायत तीन सय ५० मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जय बहादुर शाहीले एक सय ९५ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धी रमेश जोराले एक सय ९३ मत प्राप्त गरे । कठायत भण्डारी प्यानलबाट, शाही खड्का प्यानलबाट र जोरा शाह प्यानलबाट निर्वाचन लडेका हुन् ।
कोषाध्यक्षमा शाह प्यानलकै प्रकाश बहादुर रावल सर्वाधिक चार सय ७९ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अमित अमात्यले दुई सय १८ मत प्राप्त गरेका छन् । उनी भण्डारी प्यानलबाट निर्वाचन लडेका थिए ।
सचिवमा दीपक कलेल ६ मतको अन्तरले निर्वाचित भएका छन् । उनले दुई सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नन्दन सिंह कार्कीले दुई सय ५६ मत प्राप्त गरे । सचिवका अर्का उम्मेदवार पवित्रा कुमारी कुँवरले दुई सय ३५ मत प्राप्त गरिन् ।
कार्यसमिति सदस्यहरू भने मनोनयन दर्ताको दिन निर्विरोध निर्वाचित भएका थिए । १२ सदस्य संख्यामा १२ जना नै निर्विरोध निर्वाचित भएका हुन् । सदस्यमा पनि शाह प्यानलकै ७ जना निर्विरोध निर्वाचित भएका थिए ।
दिपायल — डोटीको पूर्वीचौकी गाउँपालिकामा जंगली भालुको आक्रमणबाट एकै दिन...