
नागरिकको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कडा कारबाही गरिने : गृहमन्त्री गुरुङ
काठमाडौं – गृहमन्त्री सुदन गुरुङले नागरिकको स्वास्थ्य र जिउधनको सुरक्षा राज्यको पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै अस्वच्छ, दूषित वा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।
गृहमन्त्री गुरुङले सार्वजनिक सन्देशमार्फत नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको स्पष्ट पारे।
उनले यस्ता गतिविधि देखिएमा वा त्यसबारे जानकारी प्राप्त भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा तत्काल सूचना दिन नागरिकलाई आग्रह गरेका छन्।
गृहमन्त्री गुरुङले देशभरका सबै प्रमुख जिल्ला अधिकारीलाई खाद्य सुरक्षासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक कारबाही कडाइका साथ अघि बढाउन निर्देशनसमेत दिएका छन्।
उनले नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने व्यक्ति वा संस्थासँग कुनै सम्झौता नहुने स्पष्ट पार्दै खाद्य गुणस्तर र उपभोक्ता सुरक्षामा सरकारले कठोर नीति अपनाउने बताएका छन्।
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...