२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

सुदूरपश्चिमसहित पाँच जिल्लाका लागि १ अर्ब ३३ करोड अनुदान, जलवायु अनुकूलन परियोजना सञ्चालन हुने

सुदूरपश्चिमसहित पाँच जिल्लाका लागि १ अर्ब ३३ करोड अनुदान, जलवायु अनुकूलन परियोजना सञ्चालन हुने

काठमाडौं – नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा खाद्य सुरक्षा सुदृढीकरणका लागि एडाप्टेसन फन्ड बोर्ड (Adaptation Fund Board) बाट करिब १ अर्ब ३३ करोड रुपैयाँ (रु. १.३३ अर्ब) अनुदान प्राप्त गरेको छ।

छ वर्षसम्म सञ्चालन हुने यस परियोजनाबाट सुदूरपश्चिमका बाजहाङ र बाजुरा सहित हुम्ला, कालिकोट र मुगु जिल्लाका ६० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) को प्राविधिक सहयोगमा कार्यान्वयन हुने परियोजनाले जलवायु परिवर्तनबाट बढी प्रभावित हिमाली तथा पहाडी समुदायको उत्थानशील क्षमता अभिवृद्धिमा केन्द्रित रहने जनाएको छ।

परियोजनाअन्तर्गत जलवायु–मैत्री कृषि, प्रकृतिमा आधारित समाधान (Nature-based Solutions), जलवायु जोखिम बीमा, तथा वैकल्पिक जीविकोपार्जनका अवसर विस्तार गरिनेछ।

परियोजना नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन हुने तथा कार्यान्वयनको नेतृत्व सम्बन्धित स्थानीय तहहरूले गर्ने व्यवस्था गरिएको छ।

विशेषगरी सुदूरपश्चिमका बाजहाङ र बाजुरा जस्ता जलवायु जोखिममा रहेका जिल्लामा यस परियोजनाले कृषि उत्पादन, खाद्य सुरक्षा तथा स्थानीय समुदायको अनुकूलन क्षमता वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Related News

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
  • २०८३ असार १७

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...

TOP