२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

आलिताल गाउँपालिका–२ मटेलाका ४२ वर्षीय कर्णबहादुर देउवाले बन्चरो प्रहार गरि ३८ वर्षीया श्रीमती डम्बरीदेवी देउवाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन् ।
घाइते डम्बरीको उपचारका लागि स्वास्थ्य चौकी गाङखेत लगिएको थियो । त्यहाँ उपचार हुन नसके पछि मायामेट्रो अस्पताल धनगढीमा रेफर गरिएको थियो । डम्बरीका मायामेट्रो अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहार गरि हत्या गरेको अभियोगमा  देउवालाई प्रहरी चौकी गाङखेतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
  • २०८१ बैशाख १९

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...

TOP