२०८२ चैत्र १२, बिहीबार
March 26, 2026, Thursday

महाकालीमा ठूलो बाढी, शारदा ब्यारेजमा चारपांग्रे गाडी गुडाउन रोक

महाकाली नदीमा बाढी बढेपछि शारदा ब्यारेज (पुल) मा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ।

नेपालको गड्डाचौकी (कञ्चनपुर) र भारतको बनबासाबीच महाकाली नदीमाथि बनेको पुललाई शारदा ब्यारेज भनिन्छ। जुन पुल भएर नेपाल–भारत आवतजावत गरिन्छ।

निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि आइतबार साँझदेखि शारदा ब्यारेजमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

उनका अनुसार लगातारको वर्षापछि नदीमा पानीको सतह १ लाख ७२ हजार क्युसेक मापन गरिएको छ।

महाकालीमा पानीको सतह १ लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सवारीसाधन आवागमन बन्द गर्ने गरिएको छ।

Related News

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा रक्तदान
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा रक्तदान
  • २०८० श्रावण २९

कैलाली – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले धनगढीमा रक्तदान कार्यक्रम...

TOP