२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

आज थप १०६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं – देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ३६ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ७६ जनाको पीसीआर र १ हजार ९ सय ६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार ४८ जना संक्रमणमुक्त भएका छन् । हाल ४६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related News

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष अदालतमा मुद्दा
  • २०७९ चैत्र २८

बाँठपाली मन्दिर निर्माणमा रु २२ लाखभन्दा बढी हिनामिनाको आरोप, विशेष...

TOP