२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

शुक्रबार र शनिबार उपत्यकाबाट जान पाइने : आउन नपाइने

 सरकारले शुक्रबार (भोलि) र शनिबार उपत्यकाबाट बाहिर जान खुला गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिको बिहीबार दिउँसो बसेको बैठकले ‘लकडाउन’कै बीचमा काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई बाहिर जान खुला गर्ने निर्णय गरेको हो ।

तर, बाहिरबाट भने उपत्यकामा आउन पाइने छैन ।

बाहिर जान चाहनेहरुको कसरी व्यवस्थापन गर्ने र सवारी–साधनको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय भने गरिएको छैन ।

देशका अरु स्थानको हकमा भने यो निर्णय लागू नहुने जनाइएको छ ।

स्थानीय तहहरुले बाहिरबाट मान्छे प्रवेशमा रोक लगाएको बेला सरकारले उपत्यका छाड्न दिने निर्णय गरेको हो ।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०७६ चैत्र २७

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP