काठमाडौँ- डोटेली भाषका गीतहरु ठाडी, डेउडा हुँदै डिजे, आधुनिक ब्याटलमा आउने गरेका छन् । तोडमोड गरिएका सरल भाषा प्रयोग भएका तथा मिश्रित नेपाली भाषाको प्रयोग भएका डोटेली भाषाका गीतहरु पछिल्लो समय चर्चामा आउने गरेका छन् ।
यसै क्रममा डोटेली भाषको एउटा फरक लय, शब्द, संगीत भएको डोटेली भाषाको गीत सार्वजनिक भएको छ । डोटीका युवा कलाकार राजु भट्टले नयाँ ब्याटलमा ‘जुन लागेकी रात’ नामक गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् ।
गायक राजु भट्ट र गायीका ममता गुरुङको स्वर रहेको उक्त गीतमा मानव सुबेदीको संगीत रहेको छ । राजु भट्टको आफ्नै रचना रहेको गीतको छायाँकन र सम्पादन अनुप पौडेलले गरेका छन् ।
स्टुडियो भित्रै छायाँकन गरिएको उक्त म्युजिक भिडियो 2SR NEPAL नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...