२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

सुरेश शाहीको एरेन्जमा गायक शेर साउदको दशैं तिहार गीत सार्वजनिक

डोटी- गायक सृजक शेर साउदको दशैं तिहार पर्व विशेष गीत ‘दशैं पछि तिहार’ सार्वजनिक भएको छ । साउदको लय, शब्द र स्वर रहेको उक्त गीतको ऐरेन्ज लोकप्रिय गायक, सृजक, संगीतकार सुरेश शाहीले गरेका छन् ।

दशैं तिहारको शुभकामना, रमाइलो, सामाजिक सन्देश, धार्मिक सन्देश बोकेको उक्त गीतमा कोरोना महामारीका बीचको दशैंलाई चित्रण गरिएको छ । कोरोनाले विश्वनै आतंकित भएको भए पनि धेरै जसो प्रवासीहरु कोरोनाका कारण स्वदेश फर्कीएको र आफन्त छरछिमेकीसँग भेट भएको गीतमा उल्लेख छ ।

शब्दमा वडा दशैंसँगै तिहार पर्वलाई लक्षित गर्दै गीतलाई नयाँ ब्याटलमा ढालीएको छ । दशैं तिहार जस्ता महान चाडपर्व, चाडपर्वसँगै गाउँघरको परिवेस र कोरोना संक्रमणका बीचको पर्वलाई समेटेर गीतलाई नयाँ ब्याटलमा ल्याएको गायक साउदले बताए । साउदले गीत हेरेर सेयर गरेर प्रतिक्रिया तथा हौसला प्रदान गरिदिन स्रोतहरुलाई अनुरोध गरेका छन् ।

यसअघि साउँदको पियारी गीत पनि सार्वजनिक भएको थियो । गायक साउदले त्यसअघि पनि विभिन्न गीतमा आवाज दिनुका साथै गीतको सृजना तथा अभिनय समेत गरेका छन् । उनको आवाज तथा सृजना रहेका थुप्रै गीति एल्बमहरु बजारमा छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ कार्तिक ९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP