२०७९ मंसिर १६, शुक्रबार
December 2, 2022, Friday

खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा हर्कबहादुर सिंह

डोटी- खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा हर्कबहादुर सिंह नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले डोटी आदर्श गाउँपालिका ५ का सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो ।
आज बसेको मन्त्रीपरिषद् बैठकले खप्तड क्षेत्र पर्यटन विकास समितिसँगै प्रदेश नीति तथा योजना आयोग पनि तयार गरेको छ ।

खप्तड क्षेत्र पर्यटन विकास समितिको सदस्यमा अछामको साँफेबगर नगरपालिका–११ का लक्ष्मण खड्का, बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ का गणेश बहादुर शाही, बझाङको खप्तड छान्ना गाउँपालिका– ४ का मिश्र रोकाया र डोटी सायल गाउँपालिका– ३ का हरि पाल थापा नियुक्त भएका छन् ।
महिला सदस्यमा डोटीको पूर्वीचौकी गाउँपालिका– ५ की मनीषा धानुक नियुक्त भएकी छन् ।

त्यस्तै कार्यकारी अधिकृतमा बुढिनन्दा नगरपालिका–७ बाजुराका भीम खड्कालाई नियुक्त गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।

आजको मन्त्रीपरिषद् बैठकले अछामका केशर बहादुर साउँद उपाध्यक्ष रहनेगरी प्रदेश नीति तथा योजना आयोग समेत तयार गरेको छ । सदस्यमा बैतडीका मानदेब बिष्ट नियुक्त भएका छन् । प्रदेश नीति तथा योजना आयोगमा थप एक जना महिला सदस्य पछि नियुक्त गरिने आर्थिक मामिला तथा योजना मन्त्री बोहराले जानकारी दिए ।

Related News

प्रतिनिधिसभा सदस्यमा  कुन दलबाट को विजयी?
प्रतिनिधिसभा सदस्यमा कुन दलबाट को विजयी?
  • २०७७ पुष १३

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ।...

TOP