२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कञ्चनपुरको मणिका धाम ‘मुड्का’ मेला आज, ४८ ठाउँमा सिसीटिभी जडान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ मणिका धाम (मुडका) स्थित वैजनाथ मन्दिरमा आज लाग्ने मेलामा अवाञ्छित क्रियाकलाप रोक्न ४८ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ। मेला क्षेत्रमा हुनसक्ने चोरी, आपराधिक क्रियाकलाप, दुर्घटनालगायत नियन्त्रण गर्न झलारी, फुलेली मणिका धाम, बतासे झरना पर्यटकीय क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएको छ।

क्यामेराको कन्ट्रोल प्रहरीको निगरानीमा रहने गरी मेला क्षेत्रमै राखिएको छ। मेला अवधिभरि मणिका धाम क्षेत्रमा सिसीटिभी क्यामेराको निगरानी रहने वडाध्यक्ष बहादुर महराले बताए। मेलाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत गए रातिदेखि नै परिचालन गरिएको छ। मेला क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सवारी साधन पार्किङको छुट्टै रुपमा व्यवस्था गरिएको छ।

बिहानैदेखि मणिका धाम क्षेत्रमा दशर्नार्थीको घुइँचो लागेको छ। मेला क्षेत्रमा वृद्धवृद्धा र महिलाका लागि मन्दिरमा दर्शन गर्नका लागि विशेष व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर ऐरले बताए। प्रतिवर्ष यहाँ मेला भर्नका लागि नेपाल भारतका दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। मणिका धामलाई यस क्षेत्रका स्थानीय बासिन्दाले मुडकाका नामले चिन्दछन्।

धाम क्षेत्रमा सिद्धबाबाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ। थारु भाषामा मुड भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुड शब्दको अप्रभंस भई मुडका भएको एकथरीको भनाइ रहेको छ। पहाडबाट मौसमीरुपमा बसाई सारेर झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको छ।

रासस

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ फाल्गुन २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP