सुरेश जोशी
थियो सारा मेरै साथमा तिमी हुदा प्यार रमणी ।
थियो सारा बैभव नभए पनी उज्यालो नागमणी ।।
थियो डेरा स्वर्ग थियौ र तिमी साथ पनि ठुलो ।
गुजारा गर्थ्यौनी धेरै पनी थिएन आश ठुलो ।
तानथ्यौनी चखेबा जोडी सरह भै जीवन रथ।
देखी सुन्दर सपना कोर्दथ्यो मनमा ती स्वप्न पथ ।।
कसका लागे आखाँ सुन्दर जीवन उजाडमय भयो ।
छोडेर संसार यति छिटो तिमी किन अलप भयौ ।।
सानै थियो संसार त्यसमा प्यारी तिमी पनी थियो ।
के बिगारे मैले निस्ठुर दैब तिमीले यती दु:ख दियौ ।।
दियो तिमीले हातमा कोपिला प्यारो गजबको ।
लग्यौ त्यसको बदला जुन मुटुथ्यो मेरो अजबको ।।
तिम्रै हातमा भन्थे जीवन मरणको पुस्तक लेखा ।
नफक्री चुडाल्नु के पर्यो र त्यस्तो कारण देखा ।।
तिमी आफु गयो तर छोडयौ बालक निर्दयी बनी ।
कसोरी हुर्काउ छोड्न पनि सक्दैन तिमी जस्तो बनी ।।
जानुनै पर्ने भए नाट्क लामो किन मंचन गर्यौ ।
के गरु कोपिला कसरी समालौ अब आपत पर्यो ।
सक्दैन म गाउन बिरह भरिएका गित पनी ।।
अब म एकलै छु साथ छोडेर अलप भइन उनी
सजिलो हुन्थ्यो त मरण तिम्रो यो जगतको ।
जप्थेन म यो अलप बिरह व्यथा फगतको ।
कसोरी फक्राउ अब त्यो कोपिला धरणीको।
कसोरी सम्भालु यो अन्तिम उपहार रमणीको ।।
को देला र यसलाई अमृत दशधारा दुध मुखमा ।
को रोला र रुदाँ हाँस्न सकला र अती सु:खमा ।।
को ख्वाँला र खाना कोखाँ कोखाँ भनी भनी ।
को गईदेला दौडी सानो स्वरको पनि रोदन सुनी ।।
को बस्ला रुघेर बिरामी पर्दा रात दिन नभनी ।
को देला र माया सानै बालक रुपमै बर्ष नगनी ।।
को समात्ला तिम्रा ती हात भन्दै अक्षर चिन ।
केथ्यो यसको दोश व्यर्थै छिन्यौ बात्सल्य किन ।।
फुट्ता तोते बोलि कसरी सिक्ला र आमा भनी ।
खोज्दा आमा भन्दै कसरी आउलिन र अब उनी ।।
जो ले जन्म दिन्छ उही त गर्ला पालन पनि ।
भनी मन बुझाउ कसोरी म आज निस्ठुर बनी ।।
जन्मिने हो जाने यहि त संसारको रित पनि।
हो यो म जान्दछौ तर मन बुझ्दैन कसै पनि।