२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

कविता : छोडेर गइन उनी

सुरेश जोशी

थियो सारा मेरै साथमा तिमी हुदा प्यार रमणी ।
थियो सारा बैभव नभए पनी उज्यालो नागमणी ।।

थियो डेरा स्वर्ग थियौ र तिमी साथ पनि ठुलो ।
गुजारा गर्थ्यौनी धेरै पनी थिएन आश ठुलो ।

तानथ्यौनी चखेबा जोडी सरह भै जीवन रथ।
देखी सुन्दर सपना कोर्दथ्यो मनमा ती स्वप्न पथ ।।

कसका लागे आखाँ सुन्दर जीवन उजाडमय भयो ।
छोडेर संसार यति छिटो तिमी किन अलप भयौ ।।

सानै थियो संसार त्यसमा प्यारी तिमी पनी थियो ।
के बिगारे मैले निस्ठुर दैब तिमीले यती दु:ख दियौ ।।

दियो तिमीले हातमा कोपिला प्यारो गजबको ।
लग्यौ त्यसको बदला जुन मुटुथ्यो मेरो अजबको ।।

तिम्रै हातमा भन्थे जीवन मरणको पुस्तक लेखा ।
नफक्री चुडाल्नु के पर्यो र त्यस्तो कारण देखा ।।

तिमी आफु गयो तर छोडयौ बालक निर्दयी बनी ।
कसोरी हुर्काउ छोड्न पनि सक्दैन तिमी जस्तो बनी ।।

जानुनै पर्ने भए नाट्क लामो किन मंचन गर्यौ ।
के गरु कोपिला कसरी समालौ अब आपत पर्यो ।

सक्दैन म गाउन बिरह भरिएका गित पनी ।।
अब म एकलै छु साथ छोडेर अलप भइन उनी

सजिलो हुन्थ्यो त मरण तिम्रो यो जगतको ।
जप्थेन म यो अलप बिरह व्यथा फगतको ।

कसोरी फक्राउ अब त्यो कोपिला धरणीको।
कसोरी सम्भालु यो अन्तिम उपहार रमणीको ।।

को देला र यसलाई अमृत दशधारा दुध मुखमा ।
को रोला र रुदाँ हाँस्न सकला र अती सु:खमा ।।

को ख्वाँला र खाना कोखाँ कोखाँ भनी भनी ।
को गईदेला दौडी सानो स्वरको पनि रोदन सुनी ।।

को बस्ला रुघेर बिरामी पर्दा रात दिन नभनी ।
को देला र माया सानै बालक रुपमै बर्ष नगनी ।।

को समात्ला तिम्रा ती हात भन्दै अक्षर चिन ।
केथ्यो यसको दोश व्यर्थै छिन्यौ बात्सल्य किन ।।

फुट्ता तोते बोलि कसरी सिक्ला र आमा भनी ।
खोज्दा आमा भन्दै कसरी आउलिन र अब उनी ।।

जो ले जन्म दिन्छ उही त गर्ला पालन पनि ।
भनी मन बुझाउ कसोरी म आज निस्ठुर बनी ।।

जन्मिने हो जाने यहि त संसारको रित पनि।
हो यो म जान्दछौ तर मन बुझ्दैन कसै पनि।

Related News

Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
  • २०७७ जेष्ठ २१

Ms. Kusum KC The seminar on “Biodiversity Conservation for Belt...

TOP