२०७७ मंसिर १८, बिहीबार
December 3, 2020, Thursday

नेपालका लागि अवसर र चुनौती

धनुष बोगटी

बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस ९ऋइख्क्ष्म् (ज्ञढ० को संक्रमणले मानवीय क्षति हुनुको साथै बिश्व अर्थतन्त्रमा असर परेको छ । यो संक्रमणको रोकथाम र नियन्त्रण गर्न चालिएका कदमहरु बाट उत्पादन देखि आपूर्ति र उपभोग्य सम्मको शृङ्खला खल्बलियको छ । कोरोना महामारिको कारण आर्थिक क्रीयकालापहरुमा सुस्तता आइ बिश्व अर्थतन्त्र सन द्दण्द्दण् मा घ।ण् प्रतीशत ले सँकुचन हुने अन्तरास्ट्रिय मुद्रा कोषको प्रक्षेपण रहेको छ ।

नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गते देखि लकडाउन ९बन्दादन्दी० जारी गरेको छ । लामो समय सम्म लकडाउन भएपछि मानिसको जनजीवन प्रभावित भएको छ । पछिल्लो केही दिन यता नेपालमा संक्रमीत र मर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । आर्थिक बर्ष २०७७र०७८ को बजेट भाषणमा बिगत केही बर्ष देखि निरन्तर रुपमा हासिल हुँदै आएको उच्च आर्थिक बृद्धिदर कोरोना कोरोना रोगको संक्रमण जोखिम न्यूनीकरण गर्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय रुपमा अबलम्बन गरिएका कदम बाट प्रभावित भइ यो बर्ष नेपालको आर्थिक बृद्धिदर २।३० प्रतिशतमा सिमित हुने प्रारम्भिक अनुमान रहेको छ । पर्यटन, यातायात, उत्पादनमुलक, उद्योग र निर्माण तर्फको उत्पादन सँकुचित हुने अनुमान छ ।

यो अवस्था नेपालको लागि मात्र हैन बिश्वको लागि नै चुनौती र खत्राजनक बनेको छ । कोरोना महामारीले हाम्रो देशलाइ अबसर पनि छ र चुनौती पनि छ । यो अबस्थामा उत्पादनशिल क्षेत्रहरु पुर्ण रुपमा बन्द भएकोले देशको अर्थतन्त्र मा आच आउन सक्छ । बिदेश बाट आउने रेमिटेन्सले देशको अर्थतन्त्र चल्दै आएको कुरा हामि सबैलाई जानकारी भएको कुरा नै हो । यो अबस्थामा बिदेश बाट आउने रेमिटेन्स पनि पुर्ण रुपमा बन्द भएको छ । बिदेश बस्दै आएका नेपाली दाजुभाइ हरु स्वदेश फर्के पछि कहाँ बाट देशको अर्थतन्त्र चल्छ । त्यसैले बिदेश बाट आएका दाजुभाइ हरु लाई आधुनिक उचित तालिको ब्यबस्था गर्नु पर्छ । कुनै पनि काम सुरु गर्नु भन्दा अगाडि प्रत्येक कामको फाइदा ९सकारात्मक० वा बेफाइदा ९नकारात्मक० काम वा कुराहरु हुन्छन । त्यसैले हाम्रो देशको लागि पनि यो अबस्था फाइदा वा बेफाइदा दुबै छन । देशले कोरोना सग लड्नु चुनौतीपूर्ण छ तर असम्भव भने छैन । यो अबस्थालाई कसरी पहिलेको जस्तै कोरोनामुक्त बनाउन सकिन्छ यो देशको लागि चुनौती हो । तर बिदेश बाट आइरहेका नेपाली दाजुभाइ र स्वदेश भित्रै क्वारेन्टाइनमा बस्ने र बस्दै आइरहेका दाजुभाइ हरुलाइ आधुनिक तालिम र सिपको बिकास गरेर आफ्नो देशमा सबै नेपालि दाजुभाइ हरुलाइ स्वरोजगार बनाउन सकिन्छ यो हाम्रो देशको लागि एउटा अबसर हो । यो आर्थिक बर्षको बजेटमा पनि ९ महिना सम्म निर्यात १२।९ प्रतिशतले बढेको छ भने आयत ७।५ प्रतिशतले घटेको छ । यो सुन्दा वा देख्दा खुशी हुनु पर्ने जस्तो छैन किनकि हाम्रो सरकारले चाहे पछि आयत बन्द र निर्यातलाई बढाउन सक्छ । यो आर्थिक बर्षमा ७।५ प्रतिशतले आयत घटे सगै हामिले अर्को आर्थिक बर्षमा १०० प्रतिशतले आयत घटाउन सक्छौ र निर्यात लाई बढाउन सकिन्छ । हाम्रो जस्तो बिकासोन्मुख देशको लागि सुनौलो अबसर पनि हो । किनकी किनकी बिदेशमा बस्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ हरु सबै स्वदेश फर्कनु भएको छ सयदै यो नेपालको इतिहासमा पहिलो पटक हुन सक्छ । यी बिदेश बाट स्वदेश फर्केका सम्पुर्ण दाजुभाइ हरुलाइ उपयुक्त ब्यक्तिलाई उपयुक्त तालिम दिएर हामीले आफ्नो देशमा रोजगारी सिर्जना गर्न सक्छौ ।

क्वारेन्टाइनमा बस्दै आएका दाजुभाइ पनि कोहि साक्षर र कोहि असाक्षार पनि हुन सक्छन । त्यसैले साक्षर नागरिकलाइ आधुनिक कम्प्युटर तालिम, आधुनिक प्रविधि सम्बन्धि तालिमको ब्यब्स्था गर्न सकिन्छ । असाक्षर नागरिकलाई आधुनिक कृषि तालिम र सिचाइ सम्बन्धि तालिमको ब्यब्स्था गर्न सकिन्छ । क्वारेन्टाइनमा बस्दै आएका नागरिकलाइ सरकारी भवन निर्माण र बाटोघाटो बनाउने आदि काममा पनि लगाउन सकिन्छ । यसरी बिदेश बाट आएका नागरिकलाई आधुनिक तालिम दिएपछि आफ्नै देशमा रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसैले यो विषय बस्तुमा सरकारको ध्यान जान जरुरी छ ।

Related News

सम्झनामा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँर
सम्झनामा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँर
  • २०७७ जेष्ठ २०

गोविन्द अधिकारी नैनबहादुर स्वाँरलाई मैले चिन्दा उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । म तनहुँको एउटा गाउँ पञ्चायतको उपप्रधानपञ्च थिएँ ।...

यो हिउँद जसले कटायो त्यो बाँच्यो
यो हिउँद जसले कटायो त्यो बाँच्यो
  • २०७७ जेष्ठ २०

भ्याक्सिनको घोषणाले उत्साहित भएर ‘मात्तिन’ जरुरी छैन आरोन इ. क्यारोल र निकोलस बागले / अमेरिकी कम्पनी फाइजर र जर्मन औषधी...

तिहार – दीपावली
तिहार – दीपावली
  • २०७७ जेष्ठ २०

१) दशैंको रमाइलो पछि तिहार पर्व आयो।    नेपालीको मुहारमा खुसीयाली छायो।। २) विभिन्न नामले तिहार बोलाउने गरिन्छ।    कृषकका भण्डारमा अनाज भरिन्छ। ३)...

TOP