सुरेश जोशी

अपमानका खतहरु देखाउदै
बिरहका पोकापुन्तुरा खोल्दै
आज म मेरि आमालाई सोध्दै छु
आमा म आफ्नै मुलुकमा दोस्रो दर्जाको नागरीक किन भए
हिजै हैन आमा चिनको वुहानबाट
चिल गाडीमा ओसारिएका
उच्चकोटीका मान्छेको खातिरदारी
तिनले प्रफुल्ल मुद्रामा गाईएको सरकारको गौरबगाथा
म पनि गाउथेनी आमा
सजिलो तरिकाले मुलुक टेक्न पाएको भए
क्वारेन्टाइनमा दुई छाक खान पाएको भए
अली सजिलो ओछ्छ्यानमा अडेस लाउन पाएको भए
म एक नागरिकको हैसिएतमा देश भित्रीन पाएको भए
अनेक हन्डर खाएर सिमानामा आएको म
भोग भोकै मातृभूमी टेक्दा
मैले त केही पाईन आमा
अनि गौरबगाथा पनि गाउन सकेन
मनको मैलो मेट्न तपाईलाई सुनाउदैछौ
अरु त को नै पो छ र मेरो ब्यथा सुन्ने
देशमा तिनवटा सरकार छ्न रे आमा
सबैभन्दा ठुलो सरकार संङ्ग त मेरो कहिलै साक्षात्कार भएन
मेरो नजिकै थिए दुईवटा थप सरकार
तिनको पनि गतिलो उपस्थीती नदेख्दा
आफुलाई दोस्रो दर्जाको नागरिकका रुपमा पाउदा
मनै खिन्न भयो ।
आज म सोच्दैछु आमा
हिजो मलाई पनि बर्ग बिभेदको संघर्स भन्दै
समानताको अधिकारका लागी भन्दै
जनताको शासनका लागी भन्दै
सडकमा हिडाउनेहरु सरकारमा छ्न
छोटे सरकार पनि तिनै ,बढे सरकार पनि तिनै छ्न
तर सडक र सत्ताको अन्तर आज म देख्दै छु
आमा मेरो के दोश छ र
पाखोबारी खोस्रेर जीवन धकेल्न नखोजेको होइन मैले
साहुकाँ बाले बन्दकी राखेको त्यही पाखोको ब्याज तिर्न
बिहेमा लागेको ऋण तिर्न
मुग्लान भाशीन बाध्य भए म ।
मुग्लानमा कसैले बहादुर
कसैले गोर्खे भन्दा
अपमानका घाउहरु चहराईरहदा
मुग्लान नफर्खने नसोचेको पनि होइन
तर कर्तव्यका अगाडी ति सबै गौण भए
आज समय फेरिएको छ
बिदेशी भूमिको हालत फेरिएको छ
संसार बिषाणुको महामारीबाट आक्रान्त हुदै गर्दा
मुगलान भासिएकाहरुमा पनि बज्रपात भएको छ ।
दुखको यस घडीमा
मुग्लान भाशिएकाहरु ताँत लागेर आफ्नो भूमी टेक्दा
मेरो अपमान किन ?
दुखमा एक छाक खान दिने
अभिभावकको कर्तव्य त पुरा गरेनौ तिमीले
तिमीले नागरिक प्रतीको दायित्व त पुरा गरेनौ
मेरा गरीबी र बेरोजगारीका समस्यामा त उदाशिन बन्यौ
दुखको बेला आफ्नै भूमी टेक्दा
मेरो अपमान किन ?
Ms. Kusum KC The seminar on “Biodiversity Conservation for Belt...