बुवाको मुख हेर्ने दिन कुशे औंसि पनि ।
बुबाको सम्मान गर्छन जिवित देउता भनि ।।
मातापिता ईश्वर समान धर्म शास्त्र भन्छ ।
माता पिता सेवा गरे जीवन सार्थक बन्छ ।।
सबैका आदर्श वुवा उनकै मुख हेर्ने ।
जन्म दिने वुवालाई सेवा सत्कार गर्ने ।।
जन्म दिने कर्म दिने लालन पालन गर्ने ।
सन्तानका दुःख दर्द सबै जसो हर्ने ।।
बुवाको रिसमा स्नेह गालीमा आफ्नो पन ।
सन्तानको हित सोच्ने महान बा को मन ।।
सन्तानको मान सम्मान पहिचान हुन पिता ।
पितालाई भगवान मान्नु ज्ञान दिन्छ गीता।
हात समाई हिड्न सिकाई को खाई भन्दै ख्वाउने ।
छोरा छेरी सफा राख्न बुवा आफै न्वाउने ।।
सन्तान विरामी भए कति चिन्ता लिन्छन ।
के खान्छ घटाउन ज्वरो पानी पट्टि दिन्छन ।।
शिप सिकाई स्कुल पठाई सक्षम बनाउँछन ।
सन्तान हौसला दिन कहानी सुनाउँछन ।।
सबै धर्म समुदाय पिता दिवस मान्छन ।
पिताको मुख हेर्ने दिन सम्मान दिन जान्छन ।।
मिष्ठान फलफूल लुगा उपहार दिन्छन ।
बुवाको चरण ढोगी आर्शिवाद लिन्छन ।।
पिता र सन्तान बिचको बन्धन दरो गर्न ।
यो दिन मलम बन्छ दुःख दर्द हर्न ।।
यो दिनमा मिष्टान फल उपहार दिन्छन ।
वुवाको चरण ढोगी आर्शिबाद लिन्छन ।
मुख हेर्ने दिनले अझ सम्वध बनाउँछ ।
बुवा सन्तान मिलनले सदभाव जनाउँछ ।।
मेटिन्छ तिक्तता मनका कैले चित्त दुःखे।
पिताजी हर्षले गद्गद् सन्तान भेटन पुगे ।।
सन्तानमा आफ्नो भलाई भविष्य देख्दछन ।
सन्तानलाई विपत्ति परे आफु गई छेक्दछन ।।
सन्तानको उन्नतिमा आफ्नो सुख देख्ने ।
आफुले सहेर पिडा सबै बाधा छेक्ने ।।
मेरा सन्तान शिक्षित बनि वैभव शाली बनौन ।
उन्नतिको शिखर चुमि सबले आहा भनौन ।।
बुढेशकालको लाठी बनौन जीवनको सहरा ।
अटुट सम्बन्ध बनोस प्रेमको लहरा ।।
यो दिनले संवन्ध अझ प्रगाढ़ बनाउछ ।
सन्तानका संग वसि सद्भाव जगाउंछ ।
ईश्वर भन्दा ठूला पिता धर्ति भन्दा माता ।
घाम पानी रक्षा गर्ने पिता बन्छन छाता ।।
जीवित पिताको सम्मान मृतक भए तर्पण ।
पिताले दिएको जीवन उनको सेवा अर्पण ।।
पिताको ऋणलाई तिर्न उनको सेवा गरौं ।
सेवा गरि सुखी पारी उनका दुःख हरौं ।।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...