नेपाल बिबिधता भएको मुलुक हो । बिबिधता भित्र पनि एकता भएको मुलुक नेपाल हो । यहाँ अनेकतामा एकता पाइन्छ । नेपाल बिबिधतापूर्ण संस्कृतिले भरिपूर्ण मुलुक हो । यहाँ जाति, भूगोल र उमेरअनुसारका अनेक चालचलन रहेकाछन् । नेपालको बिबिधतापूर्ण संस्कृतिमा सुदूरपश्चिम थप अगाडि छ । सुदूरपश्चिम भाषा साहित्य, कला र संस्कृतमा सम्पन्न छ । यस क्षेत्रको लोक साहित्य संस्कृतिको आÇनै इतिहास छ । यस क्षेत्रमा थुप्रै संस्कृति परम्पराहरू छन् । विशेषगरी यस क्षेत्रमा विभिन्न जातजाति, धर्म, संस्कृतिका मानिसहरूको बसोबास छ । ती मानिसहरूको आ–आफ्नै रीतिरिवाज, परम्परा, संस्कृति छन् । यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूको फरक–फरक संस्कृति छन् । जुन संस्कृति साहित्य निश्चित बटानसमय उमेरका मानिसहरूमा मात्र सिमित हुन्छन् । । यहाँ मैले आफ्ना क्षेत्रमा बाल संस्कृतिको रुपमा रहेका केही बालगीत र केही बाल खेलहरू प्रस्तुत गर्ने प्रयास गरेको छुँ । जुन यस प्रकार रहेकाछन् ।
च्यामुठी नानी च्यामुठी: यसलाई खेल वा बालगीत रुपमा लिन सकिन्छ । यस गीत वा खेलको अभ्यास शिशु अवस्था मै हुन्छ । शिशु सानो हुन्छ । त्यही अवस्थामा उसलाई खेलाउने गरिन्छ । शिशुका दाजु दिदीहरूले च्यामुठी नानी च्यामुठी भन्छन् । शिशुले च्यामुठी नानी च्यामुठी भनेको बेला मुट्की बटार्ने र मुट्की खोल्ने गर्दछ ।
धान कुटी नानी धान कुटी : यो खेल वा गीतलाई पनि च्यामुठी नानी च्यामुठी जसरी नै खेल्ने गरिन्छ । च्यामुठी नानी च्यामुठीभन्दा शिशुले मुट्र्कीे र मुट्की खोल्ने गर्दछ भने धान कुटी नानी धान कुटी भन्दा धान कुटेको जसरी एक हातको चोर औलाले अर्को हातको हत्केलामा धान कुटेको जस्तो गर्दछ ।
द हो बाः द हो : जब (केटाकेटी) भाइबहिनीहरू रुन थाल्दछन् तब अग्रज दाजु÷दिदीहरूले आÇना स–साना भाइबहिनीहरूलाई खेलाएर फकाउँदै भुलाउँदै चरिको मासु चाम्रो हुन्छ, ज्ञानी भएर सुतिरहने बालक राम्रो हुन्छ । भोक लागेपछि जाउलो पकाइदिउला, निन्द्रा लागेपछि ओछ्यान लगाइ दिउला । नरोउ भनि आÇना भाइबहिनीहरूलाई फकाउँदै यसरी बालगीत भन्दछन् ।
चरिको मासु चामडो
सुतिरहने बालो रामडो
द हो बाः द हो बाः द हो बा …………।
भोक लाग्याबाटी जाउलो पकाइ दिउला
निन लाग्याबाटी थागडो डस्याइ दिउला
द हो बाः द हो बाः द हो बा……….. ।
चडीको मासु चामडो
सुति रन्या बालो रामडो
द हो बाः द हो बाः द हो बा…….
खेलबरी दप्फादरी (दर्कादरी) : यो खेल खेलाउँदा बालबालिकाका दुई हात समाएर गीत भन्दै यताउता गर्दछन् । जति गीत भन्दै खेलायो उति बालक खुसि हुने गर्दछ । यो खेल खेलाउँदा निम्नानुसारको गीत भनिन्छ ।
दार्चुला दान्याकी घट्ट, खेलबरी दप्फादरी
धुलाकी छरपट्ट, खेलबरी दप्फादरी
हट ग्वालाा, खेलबरी दप्फादरी
घट्टे खोला जाऊँ खेलबरी दप्फादरी
घट्टे खोला खेलबरी दप्फादरी
गुफला पाक्या खेलबरी दप्फादरी
पाक्या पाक्या खाइजाउ खेलबरी दप्फादरी
काचाकाचा घर टिपी लैजाउ खेलबरी दप्फादरी
मेरी इजा तेरी इजा: बिहान खाना खाएर चुलोचौको गरी जब आमा घाँसपात मेलापात गर्न जंगलतर्फ लाग्छिन् तब बालक दिनभरी बालसङ्गीहरू सँगै खेली बसेका हुन्छन् । दिउँसो तिनचार वजे मेलापातबाट आमाहरू आउने बेला हुन्छ । मेलापातबाट घाँसपातका साथसाथै गुराँसी फूल लगायतका अन्य चिजहरू केटाकेटीका लागि खेलौनाहरू र मौसम अनुसारका फलफूल पनि लिएर आउँछन् । बिहानै खाएको दिनभरी खेल्दाखेल्दै केटाकेटीहरूलाई भोक लाग्छ ।अनि आमाको बाटो कुरी बस्दै यसरी बालगीत भन्न थाल्दछन् ।
तेरी इजा मेरी इजा घाँस गइन्
तेरी इजाको बिटो लोटी गयो
मेरी इजाको बिटो घर आयो ।
बालसाथीहरू सामुहिक रुपमा जम्मा भई तालि पिट्दै उक्त माथिको गीत गाउन थाल्दछन् (रमाउँछन्) ।
घुघुती मामा : हाम्रो पहाडि भू–भागमा दिनभरी काम गर्नुपर्ने हुन्छ र केटाकेटीहरूलाई एक्लै घरमा छोडेका हुन्छन् । उनीहरू घरमा एक्लै बस्छन् र सबै बालसंगीहरू खेल्छन् रमाउँछन् । यस्ता पहाडि भू–भागमा सबै सह–परिवार साँझ मात्र घरमा जम्मा हुन्छन् । कामले गर्दा बालबालिकाहरूलाई भोकाएको बेला खाना र तिर्खा लागेको बेला पानी पाउन सक्दैनन् । फलस्वरुप साँझ जम्मा भएका बेला केटाकेटीहरू रुन थाल्छन् र आमाहरूसँग झगडा गर्न थाल्दछन् । ती स–साना भाइबहिनीहरूलाई फकाउनका लागि अग्रज दाजुदिदीले ÷घुघुती मामा घुघुती खेलाउँछन् । ओछ्यानमा सुतेर खुट्टामा राखि तलमाथि गरी भाइबहिनीहरूलाई यसरी फकाउछन् ।
घुघुती मामा घुघुती
तेरा मामा काँ ग्या
हाट,
तोखि क्या ल्याउन्या हुन्
गुड चिउरा
मैखी दिन्या हौगि नाई ?
नाइ,
काँ लुकाउन्या है
भाणमी, (अगेनो माथि बनाएको सामान राख्ने)
म चोरी खाउलो
बकसमी
मु चोरी खाउलो
++++
बाह्र वर्षको बुढो सल्लो
ढल्यो, ढल्यो, ढल्यो
सुनैनो ढल्यो
सुन टिपल्लै,
गुइनो ढल्यो
गु पुछल्लै ………… आदि ।
अन्तमा बालकलाई सुनै नो ढलाए खुसी हुन्छ र गुइनो ढलाए झन रुन थाल्छ ।
इरीमिरी : यसैगरी बालबालिका सामुहिक रुपमा जम्मा भएर एकआफसमा रमाउँदै खेल्ने खेल हो इरीमिरी । इरीमिरी खेल बालबालिका सामुहिक रुपमा जम्मा भएर एउटा पाजलो(फराकिलो) ढुङ्गामा गोलबद्ध भई खेल्दछन् । इरीमिरी भन्नेले एक हात र अरु सबैले दुबै हात ढुङ्गामा राखेर एक जनाले इरीमिरी भन्ने गर्छ । इरिमिरी भन्दै नुन ढुक चुकसम्म पुगेपछि त्यो हातको पालो सकिन्छ । त्यसैगरी दुबै हातको पालो सकिए पछि उसको पालो सकिन्छ । यसरी नै सबैको पालो सकिन्छ । सबैको पालो सकिए पछि सबै बाहिर जान्छन् भने इरिमिरी भन्ने मात्रै त्यहाँ हुन्छ । इरिमिरी भन्नेले अरुलाई छुने गर्छ भने अरुले इरिमिरी भनेको पाजलो ढुङ्गालाई छुने कोशिश गर्दछन् । जसले उक्त ढुङ्गालाई छुने गर्दछ उसले दुध भात खान्छ भने जसले छुन सक्दैन र इरिमिरी भन्ने व्यक्तिले छोएको खण्डमा गुभात खायो भन्ने गर्दछन् । इरीमिरी खेल खेल्दा यस्तो भन्छन् ।
इरीमिरी लौका चुनचुन्के धारा पुतली सारु भन्ने दाइनी तल्ला घरकी गोठानी नुन ढुक चुक ।
चिमुसिची :
खोदल्या पादल्या :
गङ्गारानी : यो खेल बालबालिकाहरू सामुहिक रुपमा खेल्दछन् । बालबालिका हात जोडेर गोलबद्ध भएका हुन्छन् भने एक जना गोलोघेराको बिचमा उभिएको हुन्छ । गोलोघेराको बिचमा उभिएकोले यति यति पानी भन्छ भने गोलोघेरामा भएकाहरूले गङ्गारानी भन्छन् । गोलोघेराको बिचमा भएकोले यतियति पानी खुट्टाबाट भन्न सुरु गरेर टाउकासम्म पुर्याउँछ । यो क्रम सकिए पछि हात जोडेर गोलोघेरामा भएकाहरूको हातलाई देखाउँदै यो बालो के को ? भनेर भन्छ । गोलोघेरामा भएकाहरूले सुनको चाँदिको…. भन्ने गर्छन् । यसरी भन्दै गर्दा गोलोघेराको बिचमा भएकोले एक ठाउँको हात छुटाएर भाग्छ । भागेकोलाई सबै मिलेर छोप्छन् । यसरी छोपे पछि पनुः खेल्न सुरु गर्छन् ।
यसरी बालबालिकालाई फकाउँदै बालगीतहरूबाट आफ्ना स–साना भाइबहिनीहरूलाई खुसी बनाउँछन् अग्रज दाजुदिदीहरू । सुदूरपश्चिमका विभिन्न झ–भागमा बालबालिका फकाउने झल्याउने आ–आफ्ना ठाउँमा फरक–फरक किसिमका चलन होलान तर विशेषगरी यस किसिमका गीतहरूबाट बालबालिकालाई फकाउने चलन सुदूरपश्चिमको डोटी जिल्लामा रहेको छ । आसपासका अन्य जिल्लाहरूमा पनि रहेको हुन सक्छ । यस्तै केटाकेटीहरू फकाउने बालगीत धेरै छन् । केटाकेटीलाई फकाउँदै खाना खुवाउँदा पनि को खाई, को खाई, गुली गुली हाम्म गर्दै खुवाउने गरेको पाइन्छ । यस्ता गीतहरू बालबालिका फकाउने ठाउँमा फरक–फरक किसिमका गीतहरूबाट बालबालिकालाई फकाउने चलन सुदूरपश्चिमको डोटी जिल्लामा रहेको छ । आसपासका अन्य जिल्लाहरूमा पनि रहेको हुन सक्छ । यस्तै केटाकेटीहरू फकाउने चलन सुदूरपश्चिको डोटी जिल्लामा रहेको छ । केटाकेटीहरू फकाउने बालगीत धेरै हुन सक्छ । केटाकेटीलाई फकाउँदै खाना खुवाउँदा पनि को खाई, को खाई, गुली गुली हाम्म गर्दै खुवाउने गरेको पाइन्छ । यस्ता गीतहरू बालबालिका फकाउने ठाउँमा मात्र नभएर अन्य क्षेत्र वा ठाउँहरूमा पनि हुन्छन् । जस्तैः आषाढको महिनामा रोपतारीले गाउने गीत, कार्तिकका महिना खेत खन्ने खेतालाले गाउने गीत………..
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...