श्याम ओझा

आज त्रिभुवन विश्वविद्यालयले online class हरु संचालक गर्न भनी निर्देशन दिएछ। विश्वविद्यालय के बिर्सिएछ भने देशमा माहामारिको विक्रान्त अवस्था हुने डरले विश्वविद्यालय र क्याम्पसहरु छोडी गाउँगाउँमा सुदूरपुर्व देखि सुदूरपश्चिम सम्म दुर दराजमा पुग्नुभएका विधार्थिहरु online को पहुँचबाट बाहिर छन !
त्रिभुवन विश्वविद्यालयमा पढ्ने अधिकांस विद्यार्थीहरु गरिब किसानका छोराछोरी हुन । उनीहरु गाउँमा बस्छ्न, कतिपय विद्यार्थीहरुको गाउँमा त फोन गर्न समेत नेटवर्क छैन । त्यस्ता विधार्थिको लागी अनलाइन क्लासको परिकल्पना समेत गर्न सकिदैन ।
हो विश्वविद्यालयले आफ्नो शैक्षिक बर्षको क्यालेन्डरलाई लागू गर्न खोज्नु स्वागत योग्य कुरा हो। विधार्थिको पढाईलाई निरन्तरता दिन खोज्नु कदापि गलत हुन सक्दैन तर प्रश्न उठ्छ- विश्वविद्यालयले शिक्षकहरुलाई काम गरेको देखाउन र तलब खुवाउन तथा हामीले यो गरेका छौ भनी हल्ला गर्न मात्रै विद्युतीय कक्षा संचालन गर्न खोजेको हो, या विधार्थिको सिकाइका लागि नै ? के सबैलाई online class ले समेटन सक्छ त ? के विधुतिय कक्षा संचालनले विधार्थिको मनोबल र मनोबिज्ञान उच्च बन्छ त ? अह कदापी बन्न सक्दैन ।
म आफ्नै उदाहरण दिन चाहन्छु । म एक गरिब परिवारको विधार्थी हु। बितेको एक महिनामा मात्रै मैले दुई हजार छ सय तीस बराबरको रिचार्ज गरेको छु। त्यो बाट मैले दुइटा online class , तीन वटा ग्रुप मिटिङ, ईमेल र अपडेटका लागि फेसबुक मात्र प्रयोग गरेको छु। यसरी विधार्थिहरुले नेपाल टेलिकमलाई ठुलो रकम बुझाएर बिधुतिय कक्षामा सहभागी हुन सक्दै सक्दैन ।
यदि सकिहाले पनि नेटवर्क, रिजार्ज र आर्थिक लोडले ठुलो मनोबैज्ञानिक असर पर्नेवाला छ। धेरैका पैसा कमाउने दाजुभाइहरु भारत लगायतका अन्य देशमा अलपत्र छ्न, सबैका घरमा आर्थिक मन्दी छ । अनि एकातिर गासको चिन्ता अर्कोतिर online class को चिन्ता हुदा यो बिद्यार्थीको अहितमा नै हुने देखिन्छ! विश्वविद्यालयले अहिले कक्षा संचालन गर्नुभन्दा जाडो र गर्मी बिदाको बेला पढाओस। अहिले पढाउने भए पहुँच भन्दा बाहिरका लाई पछि के के व्यवस्था गर्ने र कसरी तनावमुक्त गर्ने भन्ने निर्णय पहिले नै गरोस।
पहुँचमा भएकालाई पढाउनु पुर्व नेपाल टेलिकमलाई सेवा शुल्क फ्री गर्न आग्रह गरोस । कुलपति /प्रधानमन्त्री लाई समेत सेवा निशुल्क बनाउन दबाब देओस। हुन त कुलपतिलाई उपकुलपति ज्युले किताबमा कर नलगाई दिन भनी अनुरोध सहितको निवेदन पठाउन लगाउने म नै हो (अरु भाइहरु सहित) । त्यो त कार्यावन्यन भएन अब निशुल्क सेवा त के गराउलान ।
अहिले विश्वविद्यालयले online मा theory घोकाउनु भन्दा पुर्ण रूपमा सुरक्षा अपनाई chemistry, microbiology लगायतका बिभागका शिक्षक तथा विधार्थिलाई कोरोना उपचारका लागि औसधि पत्ता लगाउन उक्साउनु पर्ने हो । त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस संगै जोडिएको महाबिर पुनको रास्ट्रयिय अनुशन्धान केन्द्रना कोरोना विरुद्धको औषधि र पिपिई बनाउनका लागि विधार्थिहरु अनुसन्धानमा पठाउनु पर्ने हो। त्यो गर्नुको सट्टा विश्वविद्यालय विधार्थिको मर्म र बाध्यतालाई विर्सिएको छ । अबैग्यानिक योजना बनाई हल्ला गर्नमा व्यस्त भएको छ।
त्यसैले विश्वविद्यालयले बिना तयारी हचुवाको भरमा गरिब परिवारका विधार्थिहरुलाई नजरअन्दाज गरेर ल्याउन खोजेको बिधुतिय कक्षा विधार्थिका लागी अस्वीकार्य नै छ । अहिलेलाई online class नगर्नु नै उचित हुन्छ ।
धन्यवाद ! जय नेपाल !
– देबेन्द्र दत्त भट्ट / मेलौली – ७ बैतडी नेपालले...