२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

विद्यार्थीलाई नजरअन्दाज गरेर ल्याउन खोजेको बिधुतिय कक्षा अस्वीकार्य

श्याम ओझा

आज त्रिभुवन विश्वविद्यालयले online class हरु संचालक  गर्न भनी निर्देशन दिएछ। विश्वविद्यालय के बिर्सिएछ भने देशमा माहामारिको विक्रान्त अवस्था हुने डरले विश्वविद्यालय र क्याम्पसहरु छोडी गाउँगाउँमा सुदूरपुर्व देखि सुदूरपश्चिम सम्म दुर दराजमा पुग्नुभएका विधार्थिहरु online को पहुँचबाट बाहिर छन !

त्रिभुवन विश्वविद्यालयमा पढ्ने अधिकांस विद्यार्थीहरु गरिब किसानका छोराछोरी हुन । उनीहरु गाउँमा बस्छ्न, कतिपय विद्यार्थीहरुको गाउँमा त फोन गर्न समेत नेटवर्क छैन । त्यस्ता विधार्थिको लागी अनलाइन क्लासको परिकल्पना समेत गर्न सकिदैन ।

हो विश्वविद्यालयले आफ्नो शैक्षिक बर्षको क्यालेन्डरलाई लागू गर्न खोज्नु स्वागत योग्य कुरा हो। विधार्थिको पढाईलाई निरन्तरता दिन खोज्नु कदापि गलत हुन सक्दैन तर प्रश्न उठ्छ- विश्वविद्यालयले शिक्षकहरुलाई काम गरेको देखाउन र  तलब खुवाउन तथा हामीले यो गरेका छौ भनी हल्ला गर्न मात्रै विद्युतीय कक्षा संचालन गर्न खोजेको हो, या विधार्थिको सिकाइका लागि नै ? के सबैलाई online class ले समेटन सक्छ त ? के विधुतिय कक्षा संचालनले विधार्थिको मनोबल र मनोबिज्ञान उच्च बन्छ त ? अह कदापी बन्न सक्दैन ।

म आफ्नै उदाहरण दिन चाहन्छु । म एक गरिब परिवारको विधार्थी हु। बितेको एक महिनामा मात्रै मैले दुई हजार छ सय तीस बराबरको रिचार्ज गरेको छु। त्यो बाट मैले दुइटा online class , तीन वटा ग्रुप मिटिङ, ईमेल र अपडेटका लागि फेसबुक मात्र प्रयोग गरेको छु। यसरी विधार्थिहरुले नेपाल टेलिकमलाई ठुलो रकम बुझाएर बिधुतिय कक्षामा सहभागी हुन सक्दै सक्दैन ।

यदि सकिहाले पनि नेटवर्क, रिजार्ज र आर्थिक लोडले ठुलो मनोबैज्ञानिक असर पर्नेवाला छ। धेरैका पैसा कमाउने दाजुभाइहरु भारत लगायतका अन्य देशमा अलपत्र छ्न, सबैका घरमा आर्थिक मन्दी छ । अनि एकातिर गासको चिन्ता अर्कोतिर online class को चिन्ता हुदा यो बिद्यार्थीको अहितमा नै हुने देखिन्छ!  विश्वविद्यालयले अहिले कक्षा संचालन गर्नुभन्दा जाडो र गर्मी बिदाको बेला पढाओस। अहिले पढाउने भए पहुँच भन्दा बाहिरका लाई पछि के के व्यवस्था गर्ने र कसरी तनावमुक्त गर्ने भन्ने निर्णय पहिले नै गरोस।

पहुँचमा भएकालाई पढाउनु पुर्व नेपाल टेलिकमलाई सेवा शुल्क फ्री गर्न आग्रह गरोस । कुलपति /प्रधानमन्त्री लाई समेत सेवा निशुल्क बनाउन दबाब देओस। हुन त कुलपतिलाई उपकुलपति ज्युले किताबमा कर नलगाई दिन भनी अनुरोध सहितको निवेदन पठाउन लगाउने म नै हो (अरु भाइहरु सहित) । त्यो त कार्यावन्यन भएन अब निशुल्क सेवा त के गराउलान ।

अहिले विश्वविद्यालयले online मा theory घोकाउनु भन्दा पुर्ण रूपमा सुरक्षा अपनाई chemistry, microbiology लगायतका बिभागका शिक्षक तथा विधार्थिलाई कोरोना उपचारका लागि औसधि पत्ता लगाउन उक्साउनु पर्ने हो । त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस संगै जोडिएको महाबिर पुनको रास्ट्रयिय अनुशन्धान केन्द्रना कोरोना विरुद्धको औषधि र पिपिई बनाउनका लागि विधार्थिहरु अनुसन्धानमा पठाउनु पर्ने हो। त्यो गर्नुको सट्टा विश्वविद्यालय विधार्थिको मर्म र बाध्यतालाई विर्सिएको छ । अबैग्यानिक योजना बनाई हल्ला गर्नमा व्यस्त भएको छ।

त्यसैले विश्वविद्यालयले बिना तयारी हचुवाको भरमा गरिब परिवारका विधार्थिहरुलाई नजरअन्दाज गरेर ल्याउन खोजेको बिधुतिय कक्षा विधार्थिका लागी अस्वीकार्य नै छ । अहिलेलाई online class नगर्नु नै उचित हुन्छ ।

धन्यवाद ! जय नेपाल !  

Related News

Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
  • २०७७ बैशाख १२

Ms. Kusum KC The seminar on “Biodiversity Conservation for Belt...

TOP