श्यामराज ओझा
नेपालको हालको शासकीय स्वरूप विश्वका उत्कृष्ट मध्य पर्छ। यो अवस्थासम्म पुर्याउन नेपाली राजनीतिले थुप्रै आरोह अवरोह झेल्यो, धेरै व्याक्तिहरुले निस्वार्थ रुपमा लडाइँ लडे,कष्ट सहे। सिङ्गो देशले नै कष्टकर र संघर्षपुर्ण राजनीतिक इतिहास बोकेको छ। नेपालको राजनीतिक इतिहास केलायर हेर्ने हो भने थुप्रै युगपुरुष तथा महान योद्धाहरुले जन्म लिएका छ्न। आफ्नो व्याक्तिगत स्वार्थ त्यागी देश र जनताको स्वार्थलाई केन्द्रमा राखी लड्नेहरुको योगदान नसमेट्ने हो भने नेपालको इतिहास नै अपुर्ण हुन जान्छ।
व्याक्तिगत हित र चाहनाका लागि जस्तोसुकै कष्ट भोग्ने मानिसहरू त धेरै हुन्छन् तर अरुको हित र स्वतन्त्रताका लागि लड्ने मानिसहरु विरलै हुन्छन्। नेपालको राजनीतिक इतिहासलाई लिपिबद्द गर्दा छुट्नै नहुने नामहरु मध्येको एक नाम हो- वीर बहादुर बलायर। निस्वार्थ रूपमा देश र जनताको लागि लडेका, परिवर्तनका लागि निर्धक्क आवाज उठाउदै आएका वीर नाम र काम दुबैले साच्चिकै वीर हुन।
उनलाई नजिकबाट चिन्नेहरु र उनका सहयात्रीहरु वीर बहादुर बलायरलाई इतिहास, वर्तमान र भविष्यको एक विम्बका रूपमा लिन्छ्न। २०२२ भाद्र ४ मा डोटीको लाटामाण्डौमा जन्मिएका बलायर, २०३३ सालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गर्दै २०३६ सालको विद्यार्थी आन्दोलनमा अग्र पंक्तिमा थिए। प्रजातन्त्रको पुनर्बहालीको प्रयासमा भएको जनमतसंग्रहको बेलाको एक घटना स्मरण गर्दै दुर्गा सुवेदीले आफ्नो ‘विमान विद्रोह’ पुस्तकमा विर बहादुर बलायर आफु संगै पक्राउ परेको उल्लेख गरेका छ्न। यसरी सानै उम्मेरमा पन्चायत विरुद्द बोल्न शुरु गरेका बलायर २०४६ सालमा भएको जनआन्दोलनका निकै चर्चित विद्यार्थी नेता थिए। २०४६ माघमा काङ्ग्रेसको महाधिवेशनले नै फागुन ७ गतेदेखि पन्चायत विरुद्ध जनआन्दोलन गर्ने निर्णय गर्यो त्यसको समर्थनमा भारतीय प्रधानमन्त्री चन्द्रशेखर चाक्सिबारीमा आउनुभएको थियोे।
त्यस समयमा हक्कि, निडर र युवा परीचालन गर्न सक्ने भएका कारण सुरक्षा संयोजक बलायरलाई नै तोकिएको थियो। बलायरको तत्कालिन गर्विलो ईतिहासका केही चाखलाग्दा दपर्णहरु अहिले पनि चर्चा हुने गरेका छ्न। ०४६ सालको आन्दोलनका बेला प्रज्ञा भवन कमलदीमा भित्र राणा पक्षसंग वार्ता भइरहेको बेला बाहिर वीर बहादुर बलायरको नेतृत्वमा भएको विद्यार्थीहरुको दलबल सहितको आन्दोलन र लगातार पाँच दिनसम्मको सिंहदरबार र राजदरबार घेराउले आन्दोलनलाई थप सशक्त बनाएको कुरा स्मरण गर्दै एउटा अन्तर्वार्तामा गिरिजाप्रसाद कोइरालाले भनेका थिए ” वीर बहादुर बलायरहरु नभएको भए आन्दोलन यति चाडैं निष्कर्षमा पुग्दैनथ्यो।”
मानिस जन्मेपछि एक दिन मर्नै पर्छ तर शाश्वत सत्य मृत्यु संग मानिस डराउछन। जसले मृत्युलाई स्विकार्दै संघर्ष गरेको हुन्छ उसले पक्कै सफलता हासिल गर्छ। मृत्यु संग नडराईकन संघर्ष गर्ने साहस प्राप्त गरेका संसारका केही भाग्यमानी परिवर्तनकारी मध्यका एक हुन- वीर बहादुर बलायर। वीर विरङगनाहरुका लागि मृत्यु सामान्य लाग्छ भने ज्यान भन्दा स्वाभिमान र स्वतन्त्रता प्यारो लाग्छ भन्ने कुरा उनको यो भनाइले पनि पुष्टि गर्दछ “२०४४, ४५ र ४६ साल मेरा निम्ति खुकुरी बर्ष रहे । बिरोधिका खुकुरी र पुलिसका बन्दुकका नाल र लाठीका दागहरु नभएको शरिरमा कुनै अंग छैन । म बस्न काठमाडौंका कुनै जेल बाँकी रहेनन होला । एकपटक उपल्लो दर्जाको एक जना पुलिस अफिसरले सोधें, के तपाईंलाई आफ्नो ज्यान खतरामा छ जस्तो लाग्दैन ? मैले भने बलिदानी त हाम्रो लक्ष्य हो।” जनताको अधिकार प्राप्ति नै आफ्नो मुल ध्येय बनायर अघि बढेका बलायरले पटकपटक गरेर करिब ४ बर्ष जति जेल जिवन र धेरै नै पटक हिरासत भोगेका थिए।
हरेक वर्तमान इतिहासको परिणाम हो र भविष्यको जननि हो। विर बहादुर बलायर एक व्याक्ति मात्र होइनन आफैमा एक इतिहास पनि हुन्। इतिहासमा परिवर्तनका लागि उनीहरुको आवश्यकता थियोे र वर्तमानको शासकीय स्वरूपमा परिवर्तन आएको हो भने सुनौलो भविष्य निर्माणका जननी पनि तिनै वीर बहादुरहरु बन्न सक्छ्न। बृहत मानव स्वार्थ र भौतिक स्वार्थका बिच पनि कसै न कसैले इमानदारीता जोगाएकै हुन्छ। यस्तै हालको परिस्थितिमा मानवीय नैतिकतामा ह्रास आइरहेको बेला राजनीतिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका बलायर इतिहासमा मात्र सिमित होइन वर्तमान र भविष्यका पुस्तौंपुस्ता सम्मका लागि पनि त्याग र बलिदानिको उदाहरण बन्ने पक्का छ। बलायर इतिहासले र वर्तमानको राजनीतिक पदले मात्र शक्तिशाली छैनन वर्तमानको निष्ठा, आदर्श, नैतिकता र इमानदारीताले पनि शक्तिशाली छ्न।
बलायरले मानिसको शरीर चोला मरेर जान्छ तर सिद्धान्त र आदर्श कहिल्यै समाप्त हुदैन भन्दै भाषण नै गरेको सुनिन्छ। आर्थिक रूपमा अहिले पनि उत्तिकै मितव्ययि रहेका बलायरको इतिहास कति निस्वार्थ थियोे भन्ने कुराको अनुमान उनले भन्ने गरेको एक वाक्यांशबाट गर्न सकिन्छ-“मलाई तत्कालीन दरबारबाट दर्शनभेटको लागि अफर आयो । एकजना जर्साब आउनु भो र भन्नू भो, पञ्चायतको बिरोध नगर, के चाहिन्छ भन । जवाफ दिए, तपाईं दरबारको जर्नेल हुनुन्छ, म सडकको जर्नेल हुँ, दरबारका जर्नेल एकदिन सडकमा आउनेछन र सडकको जर्नेललाई सलाम ठोक्नेछन किनकि म आजिवन सडकको जर्नेल हुँ ।” त्यति मात्र होइन अहिले पनि बलायरले जनताको करबाट उठेको एक पैसा पनि उपचलन गर्नुपर्ने दिन आएमा पिपलको रुखमा झुन्डिएर मर्ने घोषणा सार्वजनिक मन्चहरु बाटै गरिरहेका हुन्छ्न। यसैबाट प्रष्ट हुन्छ उनमा निस्वार्थपनको एक ठुलो खम्बा छ, जो कहिल्यै डगमगाउदैन। निडरता र निस्वार्थताका खम्बाहरुले उनलाई झन बलियो रूपमा उभ्याईरहेका हुन्छ्न।
विश्व इतिहासमा निष्ठा र सिद्धान्तबाट अविचलित रहने व्याक्तिहरुबाट नै शासकीय स्वरूपबाट हुने चरम शोषणको अन्त्य भएको पाइन्छ। मानव समाज विकसित हुने क्रममा मानव अधिकार रक्षा गर्नकै लागि राज्यहरु स्थापना भएका हुन तर इतिहासको कालखण्डमा राज्यको शक्ति दुरुपयोग गर्दै जनताको स्वतन्त्रता हनन गर्ने र जनता माथि अत्यधिक नियन्त्रण गर्ने खालका बने।
नेपालमा पनि राणा शासन र पन्चायतको उदय त्यस्तै नियन्त्रणकारी राज्य प्रवृत्तिको सिको हो। व्याक्तिगत तथा सामाजिक उन्नतिका लागि मानवीय स्वतन्त्रता अनिवार्य सर्त हो भन्ने चेतना विकास भएका व्याक्तिहरु नै स्वतन्त्रताको पक्षमा वकालत गर्छ्न, लडाइ लड्छ्न। नेपालमा यहीँ चेतना विकास गरेर स्वतन्त्रता र जनाधिकार प्राप्तिको लडाइँमा होमिने मध्यका एक हुन विर बहादुर बलायर। जो अहिलेसम्म पनि समाजिक परिवर्तन र जनजिविका का सवालमा निरन्तर आवाज उठाइरहन्छ्न।
२०४६ साल देखि नै साहस र निष्ठाका प्रतिमुर्ति बनेका बलायरको त्यो एक अडिग शरीरले अनगिन्ती संख्यामा प्रहरीका बुटहरु, बन्दुकका नालहरु, लाठीहरु खायो, प्रतिगमनकारी सोच भएकाहरुका खुकुरी सह्यो, अन्न फलाउन किसानले पसिना चुहाए जस्तो गरी नेपालमा लोकतन्त्र फलाउन ठाउँ ठाउँमा रगत चुहायो। एक शरीर जसले चोटपटक सह्यो, चट्टानि अडान लिरह्यो, युवाहरूमा साहसको मुस्लो बालिरह्यो, त्यो बलायरको शरीर इतिहासका कुनै शिलालेख भन्दा कम छैन। प्रजातान्त्रको पुनःस्थापनाको इतिहास लेखिए जस्ता देखिने शरीरका अंगहरुमा भएका घाउका खतहरुले बलायरमा जनाधिकार र स्वतन्त्रता ल्याउने बेग्र इच्छा र साहस सधैं सगरमाथा भन्दा अग्लो थियो भन्ने प्रष्ट हुन्छ।
अविचलित रूपमा मुल्य मान्यता र आदर्शको राजनीतिमा विश्वास गर्नेहरू स्वाभिमानी हुन्छ्न। स्वयंमप्रति बफादार हुदै अन्तस्करणबाट नै आफ्नो जीवन पद्धतिलाई प्रजातान्त्रिक संस्कृति र व्यावहारमा उतार्नु यसका हरेक अनुयायीको कर्तव्य हो। यि सबै सिद्धान्तमा बलायर पुरापुर कर्तव्यनिष्ठ छ्न।
“चाहे लोकतन्त्र होस, चाहे गणतन्त्र होस, यो व्यावहारमा हुनुपर्दछ। सबैलाई समान पहुँच सहित जनजिविका का सवालहरुमा राज्य गम्भीर हुनुपर्दछ। जनताले आफ्ना आधारभुत अधिकारहरुको उपभोग सजिलै गर्न पाउनुपर्दछ।” भन्ने सोच राख्ने बलायर बौद्धिक तथा प्रष्ट नेता मानिन्छन। शिक्षा र स्वास्थ सर्वशुलभ हुनुपर्ने मुद्दा उठाउदै आएका बलायर मार्सल आर्टका पुर्व-अन्तर्राष्ट्रिय खेलाडी, भलिबलका राष्ट्रिय खेलाडी तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत बनेर सेवा गरेका कारण खेलकुद क्षेत्रका युवाहरुका माझ झनै लोकप्रिय छ्न। संविधानमा हस्ताक्षरकर्ताको सौभाग्य पाएका बलायर पछिल्लो समय संविधान रक्षाका लागि र कोभिडका बेला विद्यार्थीलाई राहत वितरण र जनतालाई स्वास्थ सुविधा प्रदान गर्नका लागि सडक मै उत्रिएका थिए। उनि पर्यावरण जोगाउनु राज्यको दायित्व हो भन्दै सार्वजनिक रूपमा नै मानव अस्तित्वको बारेमा चिन्ता र चासो व्यक्त गरीरहन्छ्न। त्यसैले पनि विर बहादुर बलायरलाई सामाजिक भविस्य निर्माणको आशाको पुन्जको रूपमा पनि हेरिन्छ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका बलायर तत्कालीन विद्यार्थी राजनीतिमा मात्र होइन हालको नेपाली राजनीतिमा पनि चर्चित जबर्जस्त नाम हो। ने. वि. संघ त्रिभुवन विश्वविद्यालय सभापति, दुइ कार्यकाल काङ्ग्रेसका जिल्ला सभापति, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य, पछिल्लो संविधान सभा सदस्य, भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत बनेका बलायर अहिले नेपाली काङ्ग्रेस शुदुरपश्चिम प्रदेश समिति सभापति हुनुहुन्छ। पदिय, बैचारिक, ऎतिहासिक हिसाबले खारीएर राजनीतिक उचाई लिएका तिनै विर बहादुर बलायर यसपटक कैलाली ४ बाट लोकतान्त्रिक-बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छ्न। उनलाई मतदान गर्न पाउनु सौभाग्य हो।
ऎतिहासिक व्याक्तिलाई मतदान गर्नु मतदाता स्वयंमको इतिहास बन्नु तथा भविष्य निर्माण लागि बलियो आधार बन्नु पनि हो। त्यसैले पनि वीर बहादुर बलायर इतिहास, वर्तमान र भविष्यको बिम्ब एक उत्कृष्ट बिम्ब हुन। समाजको स्वर्णिम भविष्य निर्माणका लागि अडिग बनेर वीर बहादुरलाई सहयोग गर्नु आजको आवश्यकता पनि हो।
दिपयाल । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कान्छा सदस्य र भारतको...