२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

प्रतिपक्षको कुर्सीमा एक्ला सिंह


२०४८ सालको आमनिर्वाचनमा सुदूरपश्चिममा प्रतिनिधिसभाको १९ वटा निर्वाचन क्षेत्रमध्ये १८ वटामा काङ्ग्रेसले विजय हासिल ग¥यो । १ सिटमा दार्चुला जिल्लाबाट राप्रपा थापा समूहबाट विजयी हुनुभयो पूर्वसांसद अकबरबहादुर सिंह । दोस्रो संसदीय व्यवस्थाको भर्खर अभ्यास गर्न लागेको प्रतिनिधिसभामा नेकपा एमाले प्रमुख प्रतिपक्ष भएर आयो । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले निर्वाचनको परिणाम घोषणा हुना साथ २९ दिनमा सरकार ढालिदिन्छु भनी उद्घोष गरे । एमालेले सडकमा ताण्डव नृत्य देखाउन थाल्यो । यसै बीचमा संसद्को प्रतिनिधिसभामा एमालेले अन्य विपक्षी पार्टीलाई समेत आपूmसँगै बहिष्कार गर्न लगाएपछि संसद् विपक्षीविहीन हुने देखियो । त्यसपछि माननीय सिंहले एक्लो प्रतिपक्षको कुर्सीमा बसेर संसद् चलाउन मद्दत पु¥याएको कुरा र त्यसमा पारित भएका महत्वपूर्णविषयहरू अनुसन्धानको विषय बन्न सक्छन् ।

प्रमुख प्रतिपक्ष र अन्य विपक्षी दलले लगातार संसद् बहिष्कार गरेपछि एउटा प्रतिपक्ष दलको एउटा सांसदले प्रतिपक्षको कुर्सीमा एक्लो बसी संसद् सञ्चालन गर्न सहयोग पु¥याएपछि सरकारको सूचीमा भएका महत्वपूर्ण कार्यक्रम पारित भएका हुन् । संसदीय व्यवस्था भएको मुलुकमा विरलै त्यस्ता उदाहरण दिन सकिएला । नेपालमा लामो सङ्घर्षपछि प्राप्त भएको संसदीय व्यवस्थाको बैठकहरूमा प्रमुख प्रतिपक्षले सडकसँगसँगै सदन पनि अवरुद्ध गरेपछि संसद्मा प्रतिपक्षको कुर्सीमा एक्लै हुनुहुन्थ्यो मा. अकबरबहादुर सिंह, जसले संसद् सञ्चालन गर्नमा निकै मद्दत गर्नुभएको थियो । उहाँले एमालेले गरेको अनुरोध, दबाब केहीको वास्ता गर्नुभएन । एक्लै भए पनि सदनमा बसी संसद् सञ्चालन गर्ने भूमिका निर्वाह गर्नुभयो । ।

मा. सिंहले भन्नुभयो, “संसदीय प्रणाली भएका मुलुकमा सरकार सत्तापक्षको हो र सदन प्रतिपक्षको हो । सत्तापक्षजत्तिकै प्रतिपक्षको पनि संसद्मा महत्वपूर्णभूमिका हुन्छ । सत्तापक्षले गरेका राम्रा काममा रचनात्मक सहयोग गर्नुपर्छ र राष्ट्रहितविपरीत, जनहितप्रतिकूल असर पर्ने कार्यको साथै राष्ट्रमा नकारात्मक असर पर्ने कार्यको सदनमा विरोध गर्नुपर्छ । संसद् भनेको जनताको आवाज उठाउने थलो हो । सरकारबाट त्यस्ता के कार्य भए, जसको यति घनघोर विरोध गर्नुप¥यो । संसद् तर्क गर्ने, छलफल गर्ने थलो भएकाले गहन छलफल हुनुपर्छ, न कि सदनमा कुर्सी भाँची सदनभित्र ताण्डव नृत्य गर्नु । प्रतिपक्षले सरकारका नियम, संविधानविपरीत कार्यको विरोध गर्नुपर्छ भन्दैमा सानो ठाउँमा पनि गल्तीका छिद्रा खोजी ठूलो भ्वाङ पार्ने काम गर्नु त्यति सुहाउँदैन । संसद्लाई सुचारु रूपले चलाउन, मर्यादित र विधिसम्मत सञ्चालन गर्न सत्ता पक्षको जत्तिकै प्रतिपक्षको पनि गहन जिम्मेवारी हुन्छ । संसद्मा जनसरोकारका विषयमा छलफल हुनुपर्छ । जनताका आवाज सदनमा घन्किनुपर्छ । साथै जरुरी सार्वजनिक विषयका प्रस्तावहरू प्रतिपक्षले समेत पेस गरी छलफलमा ल्याई पारित गरी कार्यान्वयनमा ल्याउने वातावरण बनाउनुपर्छ । ”

मा. अकबरबहादुर सिंहलाई सदन बहिष्कार गर्न प्रमुख प्रतिपक्षले गरेको अनुरोधको जवाफमा उहाँ भन्नुहुन्थ्यो, “हामीले भर्खर प्राप्त भएको बहुदलीय प्रणालीलाई बढी आकर्षक र जनहितमुखी बनाई जनतामा यस प्रणालीले जनहितका कार्य गर्छ भन्ने विश्वास जगाउन संसद् सुचारु रूपले चलाई विकास निर्माणका कार्यमा सत्तापक्ष र प्रतिपक्षले हातेमालो गरी संसदीय प्रणालीलाई सफल पार्नुपर्छ । संसदीय प्रणाली भएका मुलुकहरूमा प्रतिपक्षको मुख्य काम जनसरोकारका कुरा संसद्मा उठाउने र सरकारका कमी–कमजोरी औंल्याएर सुधार गर्न लगाउनुका साथै सरकारलाई आफ्नो जिम्मेवारी वहन गर्ने उत्तरदायी सरकार बनाउन तथ्यपरक बुलन्द आवाज उठाउनुपर्छ । सरकारले पेस गरेका महत्वपूर्णविषयका प्रस्तावहरूलाई अझ बढी प्रभावकारी र जनउपयोगी बनाउन वैकल्पिक प्रस्ताव पेस गर्ने या त्यसमा आवश्यक संशोधन प्रस्ताव पेस गर्ने गर्नुपर्छ ।”

संसदीय प्रणालीमा प्रतिपक्ष प्रतीक्षारत (वेइटिङ गभरमेन्ट) सरकार हो र प्रमुख प्रतिपक्षको नेता छाया सरकारको प्रधानमन्त्री । प्रतिपक्षबिना संसद्को कुनै पनि समिति पूर्ण हुँदैन । सबै समितिहरूमा प्रतिपक्षका सांसदहरू सदस्य रहन्छन् । लेखा समितिको सभापतिको पद प्रतिपक्षको सांसदलाई दिने संसदीय अभ्यास छ । मा। सिंह लेखा समितिको कार्यवाहक सभापति पनि हुनुहुन्थ्यो । कतै संसदीय प्रणालीमा प्रतिपक्षलाई सरकारी प्रतिपक्ष ९अफिसियल अपोजिसन० भनिन्छ । प्रमुख प्रतिपक्षका संसदीय दलका नेताले सबै सुविधा प्राप्त गर्छन्, जस्तै नेपालमा गरिएको छ । संसदीय व्यवस्था सबैभन्दा असल व्यवस्था भएकोले आवधिक निर्वाचनबाट विजयी भएर आएका प्रतिनिधिले आफ्ना विचार, जनताका आवाज संसद्मा निर्वाध रूपमा राख्न पाउँछन् । लामो छलफल तर्क, औचित्य पेस गरी पारित विषयहरू ऐन–कानुन बनेर देशमा लागू हुन्छन् । जनहितका ऐन–कानुन बन्छन् र सोअनुरूप विधिको शासनविपरीत गएमा न्यायालयको ढोका ढकढक्याई सरकारका संविधान, ऐनकानुनविपरीत कार्यहरू, निर्णयहरू रद्द हुन्छन् । मा। सिंहलाई प्रतिपक्षका सांसदले कति जोड गर्दा पनि एक्लै प्रतिपक्षको कुर्सीमा बसी संसद् चलाउन सरकारलाई मद्दत गर्नुभयो । प्रतिपक्षबिनाको संसद् चलायो भन्ने आरोप लाग्न पाएन र प्रतिपक्षको उपस्थितिमा संसद् चल्नुपर्छ भन्ने संसदीय मान्यता कायम राख्नुभयो ।

मा. सिंह सभामुखलाई प्रतिनिधिसभा सञ्चालन गर्न पालो दिने समूहको सदस्य पनि हुनुहुन्थ्यो । सभामुख दमननाथ ढुङ्गानाले उहाँलाई अक्सर प्रतिनिधिसभा सञ्चालन भइसकेपछि बाँकी समय सभा सञ्चालन गर्न दिनुहुन्थ्यो । उहाँ प्रतिपक्षले बीचमा नियमापत्ति उठाउँदा मा. सदस्यज्यू, कुन नियमको आपत्ति भयो ?’ भनी प्रश्न सोध्नुहुन्थ्यो र बोल्ने मौका दिनुहुन्थ्यो । संसद् प्रतिपक्षको हो र जनसरोकारका, जनताका जल्दाबल्दा सवालहरू उठाउनुहोला भनी प्रोत्साहन गर्नुहुन्थ्यो ।

संसद्को क्यान्टिनमा चिया खाने समयमा एमालेका सांसदहरूले उहाँलाई सुदूरपश्चिममा काङ्ग्रेसले एकलौटी सिट जितेको अवस्थामा तपाईंजस्तो जनप्रिय, समाजसेवी, जनताको पक्षमा आवाज उठाउने, सच्चा देशभक्तलाई दार्चुलाका जनताले आफ्नो अमूल्य मत दिएर प्रतिनिधिसभामा पठाए । तपाईंजस्तो स्वाभिमानी जनपक्षीय व्यक्ति राप्रपाजस्तो दक्षिणपन्थी दल, म्याद सिद्धिएको औषधिजस्तो औचित्यहीन दलमा सुहाउँदैन, बरु एमालेमा आउनोस्, आफ्नो जीवन सार्थक पार्नुहोस्, जनताका आवाज उठाउनुहोस्, गरिब, पिछडिएका, अल्पसंख्यक निमुखा जनताको सहारा बन्नुहोस् भनेर भन्दा उहाँ हाँसेर केही गम्भीर भएर भन्नुहुन्थ्यो– जनताले व्यक्ति, उसको व्यवहार, सुखदुःखमा पाएको साथ र हितैषी कत्तिको छ भन्ने कुरा पहिले हेर्छन् । त्यसपछि दलको सिद्धान्त हेर्छन् । दलको सिद्धान्तका विषयमा नेताले कति गुमराहमा राखेको छ र नेता स्वयंले आपूm संलग्न दलको सिद्धान्तबारेमा कति बुझेको छ । विश्व परिस्थिति हेरी बुझेको भए पनि कत्तिको स्वीकार गरेको छ, त्यो विचारणीय कुरा हो । दार्चुलाका जनताले पार्टीभन्दा पनि मलाई आफ्नो हितैषी, प्रस्ट वक्ता, देखेको कुरा साँचो बोल्ने, बोलेको कुरा पूरा गर्ने, मुखमा एक कुरा र व्यवहारले अर्को कुरा गरी जनतालाई गुमराहमा नराख्ने, स्पष्ट पारदर्शी हितैषी व्यक्तिको रूपमा चिनेकाले आफ्ना समस्या आफ्नो भूमिको एक छेउबाट अर्को छेउ जान भारतीय भूमि प्रयोग गरी जानुपर्ने, नदीमा पौडिएर जाँदा कतिले ज्यान गुमाएका दुःखका कहानीहरू संसद्मा उठाउँला भनी क्रान्तिकारी काङ्ग्रेस, कम्युनिस्टको बीचमा मलाई अमूल्य मत दिएर विजयी गराए ।


जहाँसम्म कम्युनिस्टमा आउने कुरा छ, मैले बुझेको कुरा र पूर्वी युरोपमा साम्यवादी शासन व्यवस्था गल्र्यामगुल्र्याम ढलेको खवरहरू अखबारका पानाहरूमा दिनहुँ आउँदैछन् । कम्युनिस्टको घोषणापत्र तयार गर्ने माक्र्स, ऐन्जलसजस्ताले साम्यवादी व्यवस्थाको सम्बन्धमा गरेका भविष्यवाणी सैद्धान्तिक कुराहरूमा कतिसम्म सफल भएका छन् । साम्यवादी शासनसत्ता तासका महलजस्तै गल्र्याम ढलेकाले नेपालमा पनि माक्र्स र लेनिनपछाडि बहुदलीय जनवाद जोडिन थालेको छ । यहाँबाट मेरो आपत्ति सुरु हुन्छ । छातीमा हात राखेर भन्नुहोस्, के साँच्चै माक्र्स, लेनिनले बहुदलीय प्रणाली अपनाउन सर्वहारावर्गको अधिनायकत्व वर्ग सङ्घर्षबाट साम्यवादी शासन स्थापना गर्न कम्युनिस्टको घोषणापत्र लेखेका हुन् ? यहाँ साम्यवादी विचार मान्ने सांसदहरू पनि संसद् गफाडीको गफ गर्ने अखडा हो र खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्नुहुन्छ । माक्र्स भन्नुहुन्थ्यो, संसद् बुर्जुवाहरूको गफ गर्ने थलो हो । संसद्ले सर्वहारा वर्गको हित गर्न सक्दैन । माक्र्सले अझै अगाडि भनेका छन्, संसद् भनेको बुर्जुवा वर्गको कार्यभार सम्हाल्ने समिति हो । संसद् गफ गर्ने दोकान हो । संसद् सदस्यहरू पुँजीवादका वकिल हुन् । त्यसैले मजदुरले त्यो बुर्जुवा वर्गको गफ गर्ने अखडाको घोर विरोध गर्नुपर्छ । राज्यका सम्बन्धमा माक्र्सले भनेका छन्, वर्गीय समाजमा राज्य एउटा वर्गले अर्को वर्गमाथि शोषण दमन गर्ने हतियार हो । राज्य एउटा दुर्गुण हो । यसलाई समाप्त पार्नैपर्छ र मजदुरवर्गले यसको विरोध गर्नुपर्छ ।

मलाई कम्युनिस्ट हुन आग्रह गर्ने व्यक्तिसँग म के सोध्न चाहन्छु भने तपाईंहरू कम्युनिज्म शोषणरहित, वर्गविहीन, राज्यविहीन, सबैलाई समानता प्रदान गर्ने व्यवस्था भन्नुहुन्छ । व्यवहारमा १९१७ देखि रूसमा लागू भई २३ देशमा पैmलिएको साम्यवादी शासन व्यवस्थामा अहिलेसम्म कुन देशमा लागू भयो रु अब विश्वमा केवल पाँच देशहरू ९चीन, भियतनाम, उत्तर कोरिया, क्यूवा र लाओस० मा मात्र प्रजातन्त्रउन्मुख साम्यवादी शासन छ । २३ मध्ये १८ साम्यवादी देशले किन कम्युनिस्ट परित्याग गरी प्रजातान्त्रिक प्रणाली अपनाए रु तपाईंहरू हाम्रो संस्कृतिको धनी प्राचीन सभ्यताको देशमा विश्वमा असफल भएको प्रणाली किन लाद्न चाहनुहुन्छ रु जुन प्रणालीले विश्वमा माक्र्सका, एन्जिल्सका भविष्यवाणी कोरा कल्पना भए । कम्युनिस्ट स्थापना गर्न करोडौँ जनताले गरिबी र दमन हात पारे र बाध्य भएर त्यो प्रणाली फाल्न भोका नाडीले साम्यवादी पर्खाल भत्काए ।
पहिले बेलायत र जर्मनीमा साम्यवाद आउँछ भन्ने माक्र्सको भविष्यवाणी असफल भयो । साम्यवादी नेता एकले अर्कालाई संशोधनवादी भन्छन् । माक्र्सले क्रान्ति सर्वहारा वर्गबाट आउँछ भनेका थिए । रूसमा लेनिनले सर्वहारा वर्गको साथमा किसान र नाबिकलाई समेत साथ लिएर क्रान्ति गरे । त्यसैले माक्र्सवाद लेनिनवाद भनिन थालियो । चीनमा माओले क्रान्ति किसानवर्गबाट मात्र हुन सक्छ भन्दै नयाँ जनवाद भनी नामकरण गरे । माक्र्स, लेनिन, स्टालिन, माओदेखि संशोधन हँुदै गएर आफ्नो आवश्यकताअनुसार पुरानो कोटमा नयाँ टाला हाली स्वरूप नै परिवर्तन गरी नयाँ कोट बन्यो ।

अहिले बहुदलभित्र जनवाद भनेभैmँ भोलि धर्मसापेक्ष बहुदलीय जनवाद हुन बेर लाउँदैन । मुखले बहुदलीय जनवाद भन्ने आफ्नो दस्ताबेज र नीतिमा हाम्रो अन्तिम लक्ष्य भनेको कम्युनिस्ट व्यवस्था हासिल गर्नु हो भन्ने । हामीले कुन कुरामा विश्वास गर्ने रु मुखले चर्का नारा दिँदै कम्युनिस्ट व्यवस्थाले अभाव, मुक्ति, आर्थिक स्वतन्त्रताको कुरा खुब गर्छन् । गरिबलाई स्वर्णिम सपना देखाएर घरजग्गा दिने प्रलोभन दिन्छन् । तर, व्यवहारमा किसानको जमिन खोसी उनीहरूलाई सामूहिक खेती गराएको विश्व कम्युनिस्ट देशको इतिहासले देखाउँछ । किन गरिब, सोझासाझा जनतालाई भ्रम पैmलाउने रु वैज्ञानिक समाजवादको नाम दिएर कम्युनिस्ट पार्टीको एकदलीय सर्वसत्तावादी अधिनायकवादीले पैmलाएको भ्रम समाप्त भइसकेको छ ।

माक्र्सले साम्यवादमा प्रत्येक व्यक्तिले आफ्नो आवश्यकताअनुसार धनको उत्पादन र आवश्यकताअनुसार खर्च गर्न पाउँछन् भनेको खै त कुन–कुन साम्यवादी मुलुकमा यत्रो वर्षमा त्यस्तो भयो रु धर्मको सम्बन्धमा माक्र्सले छोरी बिरामी र मृत्यु हुँदा जीवन कष्टकर भएर आपूm पूर्ण भौतिकवादी बनी धर्मलाई अफिम र सबै किसिमका ईश्वरलाई घृणा गर्छु भनेका छन् । नेपालका कम्युनिस्ट नेताहरू मन्दिरमा पूजापाठ गर्छन् । चुनाव जित्न देवीको मन्दिरमा भाकल गरी बोका, हाँस, कुखुरा, राँगाको बलि चढाउँछन् ।

माक्र्सले पदार्थ नै सबै कुराको केन्द्रबिन्दु भनेका छन् । उनी भन्छन्– पदार्थ मस्तिष्कको उपज होइन, मस्तिष्क नै पदार्थको उपज हो । माक्र्सले आत्माको सम्बन्धमा भनेका छन्, आत्मालाई देख्न, सुन्न, छुन नसकिने भएकाले आत्मा छैन, यो भ्रम मात्र हो । हाम्रो सनातन धर्मले आत्मा अजर, अमर हुन्छ र आत्मा कहिल्यै मर्दैन । केवल पुरानो लुगा त्यागेसरि आत्माले पुरानो शरीर त्यागी नयाँ शरीर धारण गर्छ भन्छ । मृत्युपछि आत्मा तारण गर्न हामी १३ दिनसम्म क्रियागोठमा बसी क्रिया गर्छौं । वर्ष दिनमा पितृलाई वार्षिक पिण्ड दिएर आशोचबाट शुद्ध हुन्छौँ । सधैँै तिथिमा र पार्वण श्राद्ध पर्वमा पितृ श्राद्ध गर्छांै ।

धर्मलाई अफिम मान्ने, आत्मा छैन भन्ने, संसारभरका मजदुर एक हौँ भन्ने, सर्वहारा वर्गको अधिनायकत्व मान्ने तर व्यवहारमा सबैभन्दा धनी जमिनदार मधेस पहाडमा सयौँ बिघा जमिन भएका ठूला आलिसान महल, गाडी भएका सर्वहाराका नेता भएको देख्दा हामीभित्र के यही हो माक्र्सको साम्यवादी सर्वहारा वर्ग भन्ने प्रश्न उठ्छ । कुनै दिन हिन्दू धर्मभन्दा अन्य धर्म उत्तम भनी सभा–समारोहमा उनका पवित्र प्रसाद भनी खाएमा अचम्म मान्नुपर्नेछैन ।

मलाई कम्युनिस्ट बन्न आग्रह गर्ने मित्रहरूलाई म बीपीको राष्ट्रियता, प्रजातन्त्र, समाजवादको अहिलेको युगको अति उत्तम नारा र मूल मन्त्र मानी त्यसअनुरूप आपूmलाई ढाल्न अनुरोध गर्छु । मेरो परिवार काङ्ग्रेसी परिवार हो र म पनि पछि काङ्ग्रेसमा प्रवेश गर्न सक्नेछु । बीपी सधैँ भन्नुहुन्थ्यो– समाजवादको मुख्य लक्ष्य समानता हो, जसमा राजनीतिक र आर्थिक समानता हुनुपर्छ । समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा हुनुपर्छ । उहाँले सबैको खाने, लाउने, बस्ने व्यवस्था हुनुपर्छ भन्नुहुन्थ्यो । सबैले आफ्नो वृत्ति विकासका लागि समान अवसर पाउनुपर्छ । बीपी व्यक्तिगत स्वतन्त्रता, मौलिक हक, पार्टी गठन गर्न पाउने, आवधिक निर्वाचन, कानुनी शासन र विकेन्द्रीकरणमा जोड दिनुहुन्थ्यो । माक्र्सले मानिस ब्रेड ९रोटी० बाट सञ्चालित हुन्छ भनेका थिए । तर, बीपीले मानिस ब्रेन ९दिमाग० बाट सञ्चालित हुन्छ भनेका छन् । माक्र्सले मस्तिष्कलाई मान्दैनन् । माक्र्सको सिद्धान्त अव्यावहारिक र कोरा कल्पनामा आधारित छ, जुन विश्वमा लागू हुन सकेन । माक्र्स एन्जेल्सले उत्पादन इक्वेइल डिस्ट्रिब्युसन ९समान वितरण० हुनुपर्छ भनेका छन् तर बीपीले इक्वेइल अपरच्युनिटी ९समान अवसर० प्रदान गर्नुपर्छ भनेका छन् । १ लाख मानिसलाई १ सय माना दूध कसरी बराबर वितरण गर्ने रु सबैले आफ्नो प्रतिभा, क्षमता विकास गर्ने अवसर पाउनुपर्छ भनेका छन् ।
माननीयज्यूहरूले मलाई आफ्नो दलमा समावेश हुन गरेको आग्रहलाई म सम्मान गर्छु, तर आपूm प्रस्ट नभएको कार्यमा म कहिले पनि लाग्दिनँ । के साँच्चै कम्युनिस्टका नेताले माक्र्स, एन्जेल्स, स्टालिनको भविष्यवाणी सम्झेका छन् रु सम्झेका भए कति सफल भयो रु साम्यवादी प्रणाली स्थापना गर्न करोडौँ जनताको लासको थुप्रो लगाएको देशमा के साँच्चै भविष्यवाणी गरेका कुरा सफल भए रु के जनताले खान पाए रु उल्टै आफ्नो जमिन गुमाई सामूहिक खेती गर्दा पनि एउटा पाउरोटी लिन घण्टौँ लाइनमा लाग्नुपर्ने विवशता झेल्नुप¥यो । कम्युनिस्टका नेताहरूले पनि के साँच्चै साम्यवादी प्रणाली बुझेका छन् त रु
मा। सिंहले एमालेका मित्रहरूलाई जवाफ दिंदै भन्नुभएको थियो, “सोभियत संघमा ११ वर्ष देशको सर्वोच्च पदमा आसीन रहेका निकिता खुस्चेभका छोरा सर्जे खुस्चेभ आफ्ना बुवाका बारेमा लेख्छन्– ‘मैले पिताजीलाई साम्यवाद के हो भनी प्रश्न गर्दा उहाँले गरेको साम्यवादको विवेचना चित्तबुझ्दो र पत्यारिलो लागेन । मलाई उहाँ आफैँ पनि धेरै प्रस्ट हुनुहुन्थेन भन्ने लाग्छ ।’ राजनीतिक दल भनेका कहिले प्रतिपक्ष कहिले सत्तापक्षमा हुन्छन् । मुख्य कुरा, सत्तापक्षमा हुँदाका व्यवहार, प्रतिपक्षमा हँुदा गरेका अनुभवलाई केलाउनुपर्छ । प्रतिपक्षमा हँुदाखेरि केवल विरोधका लागि विरोध गर्ने र जनताले पाँच वर्षका लागि दिएको जनाधिकार स्विकार्न सक्नुपर्छ । आज लगाइएका आरोप छानबिन गर्न आयोग गठन गर भनी गरेको तोडफोड भोलि आपूm सत्तामा गएपछि ती आयोग बन्ने कि नबन्ने, छानबिन गरिने कि नगरिने रु आज पारित गर्न नदिएका सन्धि–सम्झौता भोलि आफैँले पारित गर्दा के हुन्छ रु यस्ता कुरा संसदीय प्रणालीमा जिम्मेवार प्रतिपक्षले बुझेर आफ्नो दलमा कुन विषय कति गम्भीरताका साथ उठाउने भनी गहन छलफल गर्नुपर्ने हुन्छ । त्यसले पार्ने प्रभावको विषयमा समेत निष्कर्षमा पुगी विरोधका कार्यक्रम सञ्चालन गर्नुपर्छ । आज आपूmले उठाएका कुरा आपूm सत्तामा पुगेपछि बेवास्ता गरी फाइल बन्द भएमा जनमानसमा त्यसको के असर पर्ला, यो कुरा विचार गरेर मात्र कदम चाल्नु बुद्धिमत्तापूर्ण काम हुन्छ । ”

मा. सिंह सांसद भएपछि नै मेरो उहाँसँग बढी घुलमिल हुन गएको हो । अग्लो कद, लामा जुँगा, हँसिलो मुहार, सलक्क परेको जीउ, दौरा–सुरुवालमा आउँदा निकै प्रभावशाली व्यक्तित्व देखिनुहुन्थ्यो । मीठो मुस्कानका साथ बोल्ने, साह्रै मिलनसार, एक सच्चा राट्रवादी व्यक्तिको असामयिक स्वर्गारोहणले राष्ट्रको निकै क्षति भएको छ । उहाँ २०४८ को संसद्को अवधि सकिएपछि पूर्वघोषणाअनुसार काङ्ग्रेसमा प्रवेश गरी कांग्रेसको सङ्गठनमा निकै दत्तचित्त भएर लाग्नुभयो । नेपाली काङ्ग्रेसले एउटा कर्मठ नेता गुमाएको छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्छु ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ श्रावण २६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP