२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

ओझेलमा परेका मास्टर साहेव !

-तारा फुलारा

जीवनको कुन मोडमा के हुन्छ भन्न सकिन्न । समयले मान्छेलाइ महान बनाउछ भने समयले नै पागल बनाउँछ । त्यस्तै मास्टर साहेव हुन हरि प्रसाद (नाम परिबर्तन ) हरिप्रसाद ती ब्यक्ति हुन जो आफू लुटिएर पागलको उपनाममा जिन्दगी बिताइरहेका ब्यक्ती जस्ले आफ्नो जिन्दगी अरुको जिन्दगी बनाउन खर्च गरे । अरुलाइ नामि बनाए । हरिप्रसाद एक सिधा साधो चिटिक्क परेको ठिक्क हाइट भएको नम्र भलादमी ब्यक्ति जस्लको परीक्षा दिन दुई रुपैयाँ नपाएर एसएलसी रोकियो । त्यसै दिन देखि उनले गाउँका कुनै पनि ब्यक्तीले पैंसोको अभाबले पढाई रोकिन हुन्न भन्ने धारणा लिइ त्यसै गाउँको स्कुलमा पढाउने निधो गरे पढाउँदै गर्दा भारतबाट उता एसएलसी पनि गरे ।

शिक्षणका क्रममा कयौं विद्यार्थीसँग परीक्षा शुःल्क तिर्ने पैंसा नहँुद उनैले दिने गर्दथे । आफ्नो ब्यक्तिगत जीवन भन्दा शिक्षा तिर उनको ध्यान जान्थ्यो । हरिप्रसाद केटाकेटी भएसि हुरुक्कै हुन्थे उनी नयाँ नयाँ आइडीया लगाउँदै विद्यार्थीहरुलाई आफू समिप बनाउँथे । विद्यार्थी पनि हरिप्रसाद सर भनेसि हुरुक्कै हुन्थे, उनको पिछा गर्दै कसैले उनको हात समाउथे कसैले खुट्टा कसै कसैले त जुङ्ग तान्ने अनि काँधमा चड्ने पनि गर्दथे । शिक्षा भनेसी हुरुक्कै हुने हरिप्रसाद हमेसा एउटा एस एस एस एस लेखेको झोला भित्र नेपाली ब्याकरण अङ्ग्रेजी ब्याकरण र गणितका सामान बोकेर हिड्थे किनकी उनलाइ लाग्थ्यो विद्यार्थी गणित अङ्ग्रेजी र नेपाली मा पोख्त भए भने सबै बिषयमा पोख्त भैहाल्छन । त्यो झोला समात्दै मन्दिरको अघि मंचमा बसेर खाली समयको सदुपयोग गर्ने गर्दथे। कहिले काहीँ हरिप्रसादले झोला तेइ राखेर यताउता जान्थे तर तिनको सोझोपनको फाइदा उठाएर झोला लुकाएर रमाइलो गर्ने गर्दथे अरु सरहरुले । त्यो झोला विद्यार्थी अनि हरिप्रसाद तृमुर्ती थिए जो एक अर्कामा समाहित थिए । ती हरिप्रसाद जस्को शरीर मा कति विद्यार्थीले दिशा पिसाब गरे, कतिले बान्ता गरे तर पनि कहिलै नरिसाउने सिलस्वभाव अनि शिक्षा तर्फको त्यो लगाबले उनलाइ तेस्ता कुराले कहिलै छोएन ।

शिक्षा र बिकासले अग्रसरता ल्याउनु पर्छ भन्ने ब्यक्ती हुन हरिप्रसाद । बिद्यालयमा मन्दिर थिएन तेस्को लागि मन्दिर को ब्यब्स्था गर्न भने र आफै मन्दिरमा बिद्याकी देबि सरस्वती माता को मुर्ती ल्याएर पुजा पाठ गरे । गाउँमा पानीको अभाव हुदा आफ्नै निजि पाइप दिएर धारा जडान गर्न दिए । बिद्यालयमा ५२ लाखको भबन पर्दा जग्गा दान गर्न नमान्दा गाउका एकजना ब्यक्तिले हरिप्रसादले आफ्नो जग्गा सापटी दिएर त्यो जग्गामा भवन बनाउन लगाए । त्यही स्कुलबाट आज उनले पढाएका कयौं विद्यार्थी डक्टर, शिक्षक, इन्जिनियर, वकिल भएका छन् तीनैमध्य कयौंलाई उनले पढाई नरोक्नु भनी आफैले पैसा दिए । पढीलेखी सके पछि फिर्ता गर्नु नसके नतिर्नु भन्दै तर, बिडम्बना सबैको जीवन बनाउने ती हरिप्रसादले आफ्नो जीवन बर्बाद भएको थाहा पाउन सकेनन । गाउँमा बाहिर दिसापिसाब गर्नु हुदैन भनेर चर्पी बनाउदा धेरैले गन्ध आउँछ, यो पागल भयो भन्दै गाली गरे तर पनि उनले चर्पी बनाएँ । गाउमा पहिलो चर्पी बनाउनेले पुरस्कार स्वरुप पैंसा पाए तर त्यो पैसा गाउँकै ठुला ठालुले नै खाए । गाउँमा कोहि पाहुना आए हरिप्रसादकै नले (पाहुना कोठा)मा बस्थे । दिसापिसाब गर्न सहज हुने भएकोले हरिप्रसादकै घरमा पाहुना बस्ने आउने गर्थे । नेता देखि कर्मचारीहरु सबै उनकै घरमा बस्ने गर्दथे । आफ्ना दाजुहरु घर भन्दा बाहिर भएकाले आफ्नो परिवार भित्र सबैको अभिभावकको जिम्मेवारी उनैले लिएका थिए । मलाइ आज पनि याद छ १ केजि मासु ल्याउदा पुरै परिवारमा २ पिस मासु अनि झोल गरेर भएनी सबैलाई पुर्याउँथे ।

९ छोरी १ छोरा भएका हरिप्रसाद एक शिक्षित ब्यक्ति थिए तर पनि समाजको सन्तान प्रतिको भेदभाव उनले मेटाउन सकेनन छोराछोरी बराबर भन्ने उनले पनि छोरो पाउन बाध्य भए । ७ वटा छोरी भैसक्दा जेठी छोरिको बिहे जेठी छोरी भएकोले धामधुमका साथ बिहे भयो । बिहेमा केही ऋण लाग्यो तर ऋण तिर्न नपाउँदै गाउकै केही मान्छेले उनको जागिरमा मुद्दा हाल्दियो २०६० मा स्थायी भएका उनको २०६३ मा मुद्दा प¥यो । दैबको खेल भनौ या छोराछोरी बढि भएर चिन्ता हो या जागिर छुटेको चिन्ता हो हरिप्रसाद रातदिन काम्ने गाली गर्ने न घाम भन्ने, जेठको धुप अनि पुसको जाडो नभनी बस एकोहोरो कामी रहने गाली गर्ने गर्न थाले । तलब रोक्का गर्दिए तलब रोक्का भए पश्चात् गाउँमा उधारो पाउन छाड्यो गाली, घृणा र तिरस्कार मात्रै बाँकी रह्यो । आफन्तहरुले नाता तोडे, मुख बोल्नै छोडे । खानलाउन धेरै गारो पर्यो छोराछोरी भोकले अनि शोकले रोइरहन्थे तर उनलाई केइ फरक परेन उनी बस काम्ने गाली गर्नमै दिन र रात कटाउँथे । काहीँ बाट खानको जुगाड नभएसी उधारो माग्न जादा उनकी श्रीमतीलाई पसलबाट धपाइदिए । तर अजिङ्गरको आहारा दैबले जुटाउँछ भने झै अर्को गाउँको एकजना मान बहादुर साउद सरले आफू जमानी बसेर सामान निकाली दिएर केही दिन गुजारा गरिदिए तर सधै तेसरी कहाँ चल्थ्यो ? पैसा त तिर्नै पथ्र्यो । त्यसपछि दिदीको त्यस्तो अवस्था देखेर हरिप्रसाद कि सालिले उधारो तिर्न र खर्च चलाउन १ लाख पैसा दिएर दिदी भिनाजुको लाज राखिदिइन । के गर्नु अरुलाई दुख पर्दा सापटि दिएको पैसा त २÷३ लाखनै थियो तर भएर के गर्नु । जोलाइ दिएको थिए दुःख पर्दा सहयोग गर्नु को साटो त्यो पागल भएर माग्न आयो पागल हो मैले दिनु छैन दिन्न भन्दै पठाए । कसैले दिने जतिले ५० को २५÷४० को २० दिदै पठाए । बिरामिको भर्पुर फाइदा उठाए । आफन्त मस्तले सुते उनिहरु बाहिर हुदा अभिभावक बनी दिएको कुरा बिर्सी हरिप्रसादका छोरिहरुलाइ टुहुरो बनाए ।

दिनहुको लफडा समाजको तिरस्कार अनि एक्लोपन सहन नसकी हरिप्रसादकि श्रीमतीले त्यो गाउँ, त्यो पत्थरी र छत सहितको महल छोडी तराइ तिर लागिन । यति पनि नसोची कि म का गएर बस्ने के खाने ? आफ्ना छोराछोरीलाई के खुवाउने ? कसरी हुरर्काउने कसरी पढाउने ? केही सोचिनन् , बस समाजको तमासा अपमान मात्र देख्नबाट पन्छिनु मात्रै थियो । अनि लागिन तराइ तिर कैलाली पुगिसकेपछि १÷२ महिना आफन्तकोमा बसिन त्यसपछी उनले एउटा खाली घर बिजुलिको बिल र महिनाको ५०० तिर्ने गरि घर भाडामा लिइन् । बस्न त बसे न खानलाई सामल थियो नत पैसो नै । त्यहि पनि अलिअली जुजारा गरिन् । तर, एकदिन यस्तो आयो उनलाइ आफ्नो केटाकेटी खुवाउन एक दाना चामल, दाल भेटिएन सबै रित्तिसकेको थियो । खल्तिमा पैसा थिएन अनि हरिप्रसाद आफ्नो मामाघर गएर केहि रासन पानी लिएर आए र केइ छाक बचाए । अब उनले तेसरी गुजारा चल्ने ठानेनन् र उनको नाममा रहेको चटकपुर धनगढीमा रहेको मेनरोड्को जग्गा लागेको भाउ भन्दा कममा बेचेर आए । अनि घर किने सानो टिनको छनो भएको । दुर्भाग्यको कुरा घर पसेको १० औ दिनमा उनको श्रीमतीको खुट्टा भाचियो । अस्पताल लैजानु पर्यो ३ वटा रड लगाइयो । त्यसपछि आफ्ना छोरा छोरी स्कुल भर्ना गरे थोरै जग्गा माते लिएर खेती गरे । यति सबै भैसके पछि फेरि गुजारा चलाउन सक्ने भएपछी आफन्तहरुलेनि बास माग्न थाले तोडिएका नाता जोडिन थाले खबर पात के छ भन्दै सोधपुछ हुन थाल्यो । अलिअली रहेको पैसाले आफ्नी माहिली छोरी र काहिली छोरिको बिबाह गरिदिए । साइँलीले पढाईलाई निरन्तरता दिने निधो गरिन ।

उनले सेवा गरेको बिद्यालय जहाँ उनैले पढाएका शिक्षकहरु थिए तेहि उनको चन्दा दान गरेको आफ्नो मेहनतको पसिनाको बास्ना आइरहेको थियो तर पनि ती हरिप्रसादका छोरीहरुलाइ निःशुल्क पढाउने शिक्षक भेटिएनन् । तर जुन ठाउँमा ती सरेर गए त्यहाँ नत उनको चिनेको थिए न त केइ लगानी नै तर पनि त्यो स्कुल शैलेस्वरी माविले उनका छोराछोरीको भविश्य बनाइदिए । निःशुल्क पढाइ अनि निःशुल्क पुस्तकको व्यवस्था गर्नुको साथै उच्च मावि पढ्न विभिन्न संस्थासँग पहल गराइदिएर अहिले उनका छोरिहरु पढ्दै छन । आज फेरि त्यही दिन आयो आधी तलब पनि बन्द भयो उमेरले धोका दियो ६० पुग्यो आधी तलब दिन नमिल्ने भयो घरमा कमाउने कोहि भएन छोरिहरुको पढाइ रोकिने अवस्था भयो तर पनि दुखमा सात दिने कोहि भएन । छोराछोरी आमाबुवा भएर नि अनाथ जीवन बिताइहे तर हरिप्रसादले गरेको मेहनत त्यागले रङ्ग ल्यायो । छोरिहरु बिद्यालयमा अब्बल भए । मलाइ अझै याद छ । हामी घाँस काट्न जाँदा उनले आफू पनिसँगै जाने अनि ग्रामर मिनिङ जस्ता बिबिध कुराहरु बाटोमा हिड्दै सिकाउथे । पानी ल्याउँन जाँदा होस या घाँस दाउरा उनले पढाउन छोडेनन तेइ भएर होला आज एउटा सरकारी बिद्यालय बाट निशुल्क पढि एक छोरी शिक्षिका छिन एक अनमी अर्को आइएससिएजि गर्दै छन् भने एउटिले अस्ति एसइइ दिइन । अर्को दुई वटा ८÷९ मा र छोरो ५ मा पढ्दैछ । अनि अहिले छोरा बिना नै घर व्यवहार चल्दैछ । उनको घरमा राम्रो कर्मले होला बिबाह गरेर पठाएका उनका ज्वाइँहरु छोरा बनेर माया गरि छोरा छोरिको पढाइ अनि घर खर्च बेहोरिरहेका छन । छोरिका सासू ससुराले पनि माइती हेर्नू उनको हेरबिचार गर्नु भन्दै सबै बहिनी मिलेर बाबाआमा र भाइ बहिनीको खर्च बेहोर्नु भन्दै पोइलिहरुले पनि साथ दिए । जस्को लागि सदैब आभारी रहनेछ । साथै आज फेरि सबै आफन्त आफ्नाभए सबै नाता पुनः जोडिए । आज सम्बन्धको र नाताको पुनर्जीवन भयो । आज सबै दाजु भाई तथा दिनिबहिनिले साथ र सहयोग गरि रहेकाछन ।

मेरो मनमा लागेको कुरा के थियो भने जुन गाउँ र बिद्यालय अनि बिद्यार्थीका लागि आफू लुटिएका थिए । हरिप्रसादको अझै अवस्था छोरिहरुमै निर्भर रहदा किन पैले पढाएका विद्यार्थीहरु आज शिक्षक डाक्टर इन्जिनियर वकिल बनेकाले किन हरिप्रसादका छोराछोरी निःशुल्क पढाउन सकेनन् ? किन डाक्टरले हरिप्रसादको रोग पत्ता लाउन सकेनन् ? किन हरिप्रसादको २०६३ देखिको नोकरिको मुद्धा अमेरिका जस्तो ठाउको सरकारी वकिलले लिन सकेन ? किन जित्न सकेन ? जस्लाइ पढ्दा दिएको रकम आज सम्म पनि फिर्ता आउन सकेन गुरु दक्षिणा त परको कुरा पढ्दा दिएको रकम आउन सकेन । त्यो ब्यक्तिले किन आफ्नै गुरुको मुद्धा लिन सकेन ? जिताउन सकेन ? के शिक्षण पेशामा गुरु दक्षिणा हराएकै हो त ? किन यति धेरै जनशक्ति उत्पादन गरेर हरिप्रसाद एक्लिए ? किन उनको जीवन सहज पार्न ती विद्यार्थी हरुले गुरुदक्षिणाको रुपमा आफ्नो पदबाट सहयोग गर्न सकेनन् ? मेरो यो प्रश्न सदैब खड्की रहनेछ मनमा ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०७९ असार २५

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP