२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

थरुहट मोर्चाका ५० हजार युवाले कम्ब्याट ड्रेसमा प्रदर्शन गर्ने


कैलाली– थरुहट / थारुवान राष्ट्रिय मोर्चाले उच्च अदालत दिपायलले गरेको फैसला र प्रतिनिधि सभा विघटनका विरुद्ध कम्ब्याट ड्रेसमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ ।

मोर्चाले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला र प्रतिनिधि सभा विघटन विरुद्ध कम्ब्याट ड्रेसमा ५० हजार युवा उतार्ने चेतावनी दिएको हो । मोर्चाले फागुन १५ र १६ गते धनगढीमा कम्ब्याट ड्रेसमा शक्ति प्रदर्शन गर्ने जनाएको ।

‘हामीमाथि राज्यबाट निरन्तर दमन जारी छ, मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारुले भने,‘हामी विद्रोहको तयारीमा छौ । धनगढीमा फागुन १५ र १६ गते कम्ब्याट ड्रेससहित ५० हजार युवा दस्ता प्रदर्शन गर्दैछौं ।’ कानुनी लडाइको क्रममा सर्वोच्च अदालत जाने र सडक संघर्ष गर्ने बताउँदै उनले धनगढी र टीकापुरमा ठुला आन्दोलन गर्ने बताए ।

टीकापुर घटनालाई छानविन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनलाई आधार बनाएर राजनीतिक घटनाको रुपमा सम्बोधन हुनुपर्ने र कैद सजाय सुनाइएको नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्ने, कर्फ्यूको समयमा थारुहरुको घर, पसल, एफएममा आगजनि गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने मोर्चाको माग छ ।

Related News

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
  • २०७७ माघ ११

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...

TOP