२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

डोटीमा मोटरसाइकल दुर्घटना : केआईसिंह गाउँपालिकाका दुई जना गम्भिर घाइते

डोटी- डोटीमा मोटरसाइकल र मालबाहक गाडी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । दिपायल आइरहेको मोटरसाइकल र अछामबाट कैलाली जादै गरेको मालबाहक मिनिट्रक एकआपसमा ठोक्किएर मोटरसाइकलमा सवार दुईजना गम्भिर घाइते भएका हुन् ।

जिल्लाको शिखर नगरपालिका वडा नं. १ समुहगाडमा लु ६४ प २८२५ नम्बरको मोटरसाइकल र से १ ख ११२९ नम्बरको मालबाहक मिनिट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार जिल्लाको केआईसिंह गाउँपालिका वडा नं. ४ वायलका ३२ वर्षीय डिल्लीराज शर्मा र ३९ वर्षीय देवराज अवस्थी घाइते भएका हुन् । घाइतेको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलाली रिफर गरिएको छ ।

मोटरसाइकल, मालबाहक गाडी र कैलाली चुरे गाउँपालिका ७ पलटुडेका गाडी चालक रतन बहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ मंसिर १८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP