२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

पत्रकार कुँवरद्वारा गाउँपालिका र वडाहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण

डोटी- पत्रकार चक्र कुँवरले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । डोटी जिल्लामा रेडियोको क्षेत्रमा १० वर्ष देखी क्रियासिल पत्रकार कुँवरले वोगटान फुड्सील गाउँपालिका र वडाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

कुँवरले गाउँपालिकालाई ५ सय वटा सर्जिकल मास्क र १५ थान सेनिटाइजर प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारलाई कार्यालयमा हस्तान्तरण गरेका छन् । सोही गाउँपालिकाको वडा नम्बर ५ धिर्कामाडौंका क्वारेन्टाइनमा पुगेर १०५ वटा सावुन, १०५ वटा सर्जिकल मास्क र १५ वटा सेनिटाइजर वितरण गरेका छन् ।

यस्तै वडा नम्वर ७ चवारा चौतारालाई १३० वटा सावुन, १३० वटा सर्जिकल कास्क र १५ वटा सेनिटाइजर वडा अध्यक्ष देव वहादुर बमलाई वडा कार्यालयमा पुगेर अस्तान्तरण गरेको पत्रकार कुँरले जानकारी दिए । उनले वडा नम्वर ४ सातफरीमा रहेका ११ क्वारेन्टाइनका १९१ जनालाई यस अघि नै स्वास्थ्य सामाग्री तथा खाद्यय वस्तु वितरण गरि सकेका छन् ।

बोगटान फुड्सील गाउँपालिका वडा नम्वर ४ सातफरी घर भएका पत्रका कुँवर रेडियो डोटीका प्रवन्ध निर्देक तथा नेपाल प्रेस युनियनका उपाध्यक्ष हुन् । आफ्नो अभियान निरन्तर चलीरहने उनले वताएका छन् । साथै सामाग्री वितरणमा सहयो गर्ने सहयोगीहरुलाई धन्यवाद ब्यक्त गरेका छन् ।

Related News

केदार ज्योतीपुञ्ज क्याम्पस बिपिनगरमा गठबन्धन भत्काउँदै नेविसंघको प्यानल निर्वाचित
केदार ज्योतीपुञ्ज क्याम्पस बिपिनगरमा गठबन्धन भत्काउँदै नेविसंघको प्यानल निर्वाचित
  • २०७७ जेष्ठ ३१

दिपायल – केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस विपिनगरमा नेपाल विद्यार्थी संघको...

TOP