डोटी- पछिल्लो २४ घण्टामा डोटीका थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार ९६ जनाको आरटी पिसिआर बिधिबाट परीक्षण गर्दा ६४ जना र ५ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जना गरी ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्ला अस्पताल डोटीमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क ब्यक्ति राजेन्द्र फुलाराले बताए । दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका ९६ वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको हो भने सोही ठाउँका ७० वर्षीय महिलाको दिउसो साढे तीन बजे मृत्यु भएको हो । मृतक दुबैको एन्टिजेन रिपोर्ट पोजेटिभ रहेको फुलाराले बताए । ९६ वर्षीय महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् भने ७० वर्षे महिला विहिबार मात्रै अस्पताल भर्ना भएकी थिइन् । जिल्लामा कोरोनाका कारण उपचारका क्रममा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
दिपायल सिलगढी नगरपालिकाका ४९ जना, शिखर नगरपालिकाका ८ जना, आदर्श, बोगटान र केआईसिंह गाउँपालिकाका एक/एक जना, बडीकेदार गाउँपालिकाका ४ जना र सायल गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...