डोटी- जिल्ला अस्पताल डोटीको कोरोना परीक्षण प्रयोगशालामा २७ जनाको नमुना (स्वाब) परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुना मध्य १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्दव सिंह ठगुन्नाले बताए ।
यो संगै डोटीमा संक्रमितको कुल संख्या एक हजार पाँच सय ४२ पुगेको छ । संक्रमित मध्य एक हजार चार सय २३ जनाले कोरोना जितेका छन् भने एक सय १९ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमित मध्ये एक सय ११ जना होम आईसोलेसनमा र ८ जनाको सामान्य उपचार भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शुक्रवार सम्म डोटीमा पिसिआर विधिबाट १३ हजार तिन सय ८५ र एन्टिजेन विधिबाट एक हजार ३ सय ४० जनाको नमुना परीक्षण गरिएको छ ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...