२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

भारतबाट ११ दिनअघि नेपाल फर्केका युवकको मृत्यु : गाउँमा शोक र त्रास

डोटी- भारातबाट ११ दिनअघि नेपाल फर्केका युवकको मृत्यु भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका ३४ वर्षीय हरिलाल जोशीको मृत्यु भएको हो ।

भारतको गुजराँत बाट फर्केका उनमा सामान्य स्वास्थ्य समस्या देखिएको र एक्कासी छटपटाएर मंगलबार आफ्नै घरमा निधन भएको स्थानीयले बताए । मृतक जोशी भारतबाट आए देखि घरको तल्लो तला (गोठ)मा बस्दै आएका थिए । उनको मृत्युको भने खुल्न सकेको छैन ।

भारतको अस्पतालमा शनिबार मात्रै उनका दाजु सिताराम जोशीको कोरोनाका कारण मृत्यु भएको मृतकका आफन्तले जानकारी दिए । मृतक जोशीको भोली सम्म दाहसंस्कार गर्ने तयारी भएको छ । दाजु वितेको केही दिनमा भाइको निधन हुँदा पुरै गाउँ शोकमा डुबेको छ । परिवारका सदस्य भावविहोल छन् ।

भारतमा उनका दाजुको निधन कोरोनाका कारणले भएको भन्ने हल्लाले शोकसँगै गाउँमा त्रास बढेको छ । शव व्यवस्थापन देखि परिवारका सदस्यहरुलाई सम्हालन स्थानीयलाई निकै समस्या भएको छ । मृत्युको कारण नखुलेकाले कोरोनाको संकामा स्थानीयहरु त्रसित भएकाछन् ।

घटना स्थलमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । स्वास्थ्य कार्यालयसँग पछिल्लो समय भारतबाट आएका व्यक्तिहरुको तथ्याङ्क समेत छैन । उनिहरुको स्वाव परीक्षण समेत हुन सकेको छैन । पछिल्लो समय मृत्यु पछि स्वाव परीक्षण नगर्ने मन्त्रालयको निर्देशन रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबिक्रम शाहीले बताए । भारतबाट आउदा बाउडरमा चेक गरेर आउनुपर्ने हो तर लुकिछिपि धेरै मान्छे आउने गरेका कारण समस्या निम्तिएको उनले बताए ।

आइतबार पनि भारतबाट फर्केर अस्पताल भर्ना भएका आदर्श गाउँपालिकाका एक जनाको मृत्यु भएको थियो । एकहप्ता अघि भारतबाट नेपाल फर्केका उनको शैलेश्वरी अस्पतालमा निधन भएको हो ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७८ बैशाख ७

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP