२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

डोटी कारागारका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप, चारजनाले लगाउन मानेनन्

डोटी– जिल्ला कारागार डोटीमा रहेका ८० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ५० जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका ३० जना सुरक्षामाकर्मीलाई उक्त खोप लगाइएको हो ।

कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ८४ जना भए पनि चारजना कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति विष्टले बताए । उनले भने, ‘‘कारागारमा रहेका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका थियौँ । तर, चारजना बन्दीले लगाउन मान्नु भएन हामी अरुलाई लगाएर फर्कियौँ । उनीहरुलाई पनि लगाउन आग्रह गरिरहेका छौँ ।’’

पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्टलाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई उक्त खोप लगाउने योजनाअनुसार कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले यहाँका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । कम्तीमा पनि ६ दिनभित्रमा पहिलो चरणको खोप लागाइ सकिने योजना भए पनि उक्त म्याद दुई दिनका लागि थप गरिएको छ ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ माघ २३

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP