२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

आदर्श गाउँपालिका- ७ मा तरुण दल, महिला संघ र दलित संघ विस्तार

जगदिश नागरी, डोटी- नेपाली कांग्रेसले आदर्श गाउँपालिका– ७ दहकालिकास्थानमा पनि संगठन विस्तार गरेको छ । कांग्रेस आदर्श गाउँपालिकाले आईतबार दहकालिकास्थानमा महिला संघ, दलित संघ र तरुण दल गठन गरेको जनाएको छ ।

टोलमा जगत तारा दाहालको नेतृत्वमा १६ सदस्यीय महिला संघ, शिव नागरीको नेतृत्वमा १३ सदस्यीय दलित संघ र देव सिंह विष्टको नेतृत्वमा १३ सदस्यीय तरुण दलको संगठन विस्तार गरिएको संयोजक कृष्ण दाहालले बताए ।

टोलका ६५ जनाको उपस्थितिमा संगठन चयन गरिएको र क्रियाशिल सदस्यता वितरणका लागि छलफल भएको दाहले बताए ।

पछिल्लो समय नेपाली कांग्रेस डोटीले पालिका, वडा तथा टोलमा संगठन विस्तार र क्रियाशिल सदस्यता वितरणलाई तिव्रता दिएको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ पुष १९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP