२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

कृषि औजार बनाउन अनुदान

डडेल्धुरा – परम्परागत रूपमा आरन व्यवसाय गर्दै आइरहेका उद्यमीलाई अनुदानमा विद्युतीय उपकरण हस्तान्तरण गरिएको छ। कृषि ज्ञान केन्द्र डडेल्धुराले कृषि औजार बनाउन सहज हुने गरी विद्युतीय उपहरण वेल्डिङ र कटर मेसिन हस्तान्तरण गरेको हो।

ज्ञान केन्द्रले दुई जनालाई मेसिन उपलब्ध गराएको छ। दुई जनालाई केही दिनमा उपलब्ध गराइने कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो।

नवदुर्गा गाउँपालिका–२ का आरन व्यवसायी वीरबहादुर लोहार र टीका लुहारलाई मङ्गलबार नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मी अवस्थीले मेसिन हस्तान्तरण गर्नुभएको हो। कृषि औजार यन्त्र उपकरण उत्पादन गर्ने उद्यमीलाई अनुदान सहयोग कार्यक्रमअन्तर्गत १० लाख रुपियाँका उपकरण चार जना आरन व्यवसायीलाई उपलब्ध गराउने ज्ञान केन्द्रको कार्यक्रम थियो।

एक जना आरन उद्यमीलाई दुई लाख ५० हजार रुपियाँ बराबरका उपकरण उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। उपकरण पाउने आरन उद्यमीमध्ये दुई जना नवदुर्गा–२ र अन्य एक–एक जना अमरगढी नगरपालिका–३ र गन्यापधुरा गाउँपालिका–१, रुवाखोला गाउँका रहेको कार्यालय निमित्त प्रमुख भट्टले बताउनुभयो। दुई जना कामको व्यस्तताका कारण कार्यालयमा आउन नसकेकाले हस्तान्तरण गर्न नसकेको उहाँले जानकारी दिनुभयो। चारै जनाको निवेदन परेका उहाँहरूलाई उपकरण उपलब्ध गराइएको जानकारी उहाँले दिनुभयो।

गाउँपालिका अध्यक्ष अवस्थीका अनुसार उपकरण पाउनुभएका नवदुर्गा गाउँपालिकाका आरन उद्यमीलाई गाउँपालिकाले ट्रसको घर बनाइदिनेछ। करिब डेढ/डेढ लाख रुपियाँ लागतमा ट्रसको घर बनाइनेछ। उपकरण बनाउन सहजताका लागि गाउँपालिकाले घर बनाइदिन लागेको उहाँको भनाइ छ।

उपकरण पाएपछि काम गर्न सहज हुने स्थानीय वीरबहादुर लुहारले बताउनुभयो। बाउबाजेले गर्दै आइरहनुभएको आरनको काम हामीहरूले पनि गर्दै आइरहेका छौँ। उहाँले भन्नुभयो, “आवश्यक उपकरण नहुँदा निकै तागत लगाई काम गर्नुपथ्र्यो। पहिले ढिलो पनि हुन्थ्यो, निकै कडा मेहनत गर्नुपथ्र्याे।”

अब भने आरनका औजार बनाउन सहज हुने उहाँको बुझाइ छ। वेल्डिङ, कटर उपकरण पाएकाले अब कृषि औजारसँगै घरका झ्यालमा लगाउने रेलिङ, आरनका बार बनाई आम्दानी बढाउन सकिने भन्दै उहाँहरू दुवै जनाले खुसी व्यक्त गर्नुभयो। उपकरण हुँदा कडा परिश्रम गर्नु नपर्ने र थोरै समयमा बढी औजार बनाउन सकिने उहाँले बताउनुभयो।

Related News

सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
सुदूरपश्चिममा समाजवादीको निर्णय फेरियो, लक्ष्मण चौधरीलाई दिएको समर्थन फिर्ता
  • २०७९ फाल्गुन २५

दिपायल- नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई...

TOP