२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

शिवशिखर सहकारीविरुद्ध आन्दोलन

डडेल्धुरा – बचतकर्ताको रकम फिर्ता नदिएपछि शिवशिखर बहुउद्देश्य सहकारी संस्थाविरुद्ध नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) डडेल्धुरा आन्दोलनमा उत्रिएको छ ।

डडेल्धुराका बचककर्ताबाट ४० करोड रुपियाँभन्दा बढी रकम सङ्कलन गरी दुई करोड रुपियाँ लगानी गरेको सो सहकारी संस्थाले बचत रकम फिर्ता गर्नै छोडेपछि नेविसङ्घ आन्दोलनमा उत्रिएको हो । बुधबार हातहातमा प्लेकार्ड बोकेर नेपाल विद्यार्थी सङ्घ डडेल्धुराले जिल्ला सदरमुकामस्थित बागबजारमा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता जगत ऐरले समाजमा व्याप्त विकृतिविरुद्ध नेपाल विद्यार्थी सङ्घ सधैँ सक्रिय भएर लाग्दै आएको बताउनुभयो ।

नेपाल विद्यार्थी सङ्घ डडेल्धुराका अध्यक्ष पवन ऐरले १५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको ग्यारेन्टी गर्न आग्रह गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएको बताउँदै त्यसको बेवास्ता भएको बताउनुभयो ।

डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गरिरहेका नागरिकले जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसङ्घ डडेल्धुराले यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ फाल्गुन ११

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP