२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

जागिर खोसिएपछि वडामा ताला

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिका–९ को वडा कार्यालयमा सेवाबाट हटाइएकी काली थापाले ताला लगाउनुभएको छ।

वडाले सेवाबाट हटाएपछि स्थानीयको सहयोगमा थापाले ताला लगाउनुभएको हो। साबिकको बाह्रबिस गाविसले २०६६ साल भदौमा थापालाई नियुक्त गरेको थियो।

बूढीगङ्गा नगरपालिका–९ की थापाले, लामो समय सेवा गर्दै आएको र अहिले एक्कासि जागिरबाट हटाएपछि वडा कार्यालयमा ताला लगाएको बताउनुभयो। उहाँले राजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “मेरो श्रीमान् अपाङ्गता भएका कारण घरको स्थिति कमजोर भएकाले कार्यालय सहयोगीका रूपमा २०६६ सालमा काम पाएको थिएँ। अहिले एक्कासि राजनीतिक पूर्वाग्रहका कारण मलाई हटाइयो।”

वडा कार्यालयमा ताला लागेपछि अहिले वडाबाट हुने स्थानीयका दैनिक काम प्रभावित भएका छन्। यता बूढीगङ्गा नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर सिंहले २०७९ साल कात्तिकमा कार्यपालिकाको बैठले करार कर्मचारी हटाउने निर्णय गरकाले सोही निर्णयअनुसार थापा हटेको बताउनुभयो।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ चैत्र १६

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP