बैतडी- रुडेस बैतडीले म्याद गुजे्रका (डेट स्पाइर) सावुन वितरण नगरेको दाबी गरेको छ । ग्रामिण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीले ‘स्वच्छताका लागि व्यवहार परिवर्तन’ परियोजना अन्तरगत दशरथचन्द नगरपालिकाका ११ वटै वडाका एकहजार घरधुरीलाई बाल्टिन वितरण गरेको तर सावुन वितरण नगरेको दाबी गरेको हो ।
दशरचच्द नगरपालिका वडा नं. ६ का दिपेन्द्र जोशीले बाल्टिन वितरण गर्न आउँदा प्रति घरधुरी ४ वटा आयुर्बेदिक नेवा नामक अमला सावुन वितरण गरेको गुनासो तथा केही तस्विर पठाएपछि शिखर समाचारले समाचार प्रकाशन गरेको थियो । शिखर समाचारले सोही वडाका अन्य व्यक्ति संग पनि सम्पर्क गरेको थियो । संस्थाले समाचारको खण्डन गर्दै बाल्टिन वितरण गरेको तर सावुन कुनै पनि वडामा वितरण नगरेको दाबी गर्दै समुदायले बाल्टिन मात्रै बुझेको भरपाई उपलब्ध गराएको छ ।
शिखर समाचारले सो समाचार प्रकाशन गर्नु पूर्व संस्थाका कार्यकारी निर्देशक गोविन्दराज जोशीलाई सम्पर्क गरेको थियो । जोशीले सुरुमा शिखर समाचारसँग नगरका ११ वटै वडाका एकहजार परिवारलाई बाल्टिन वितरण गरेको बताएका थिए । सोही क्रममा उनले गोदाम सफागर्दा फेलापरेका सावुन खेरफाल्नु भन्दा भनेर समुदायलाई दिएको तर भरपाई नलिएको बताएका थिए । सोही अनुसार शिखर समाचारले समाचार प्रकाशन गरेको थियो । शिखर समाचारले संस्थाका निर्देशक र सूचनादाता समुदायका ब्यक्तिसँगको कुराकानी सुरक्षीत राखेको छ ।
रुडेसले संस्थाप्रती पूर्वाग्रही व्यक्तिले दिएको सूचनालाई आधार बनाई प्रकाशन भएको समाचार झुटा भएको उल्लेख गर्दै सावुन खरिद, वितरण र सो को भरपाई समेत नगरेको दाबी गरेको छ ।
समाचार खण्डन गरिएको बारे
यस अनलाइनमा मंसिर १९ गते ‘रुडेस बैतडीद्वारा एकहजार परिवारलाई ७ वर्ष म्याद गुजे्रका (डेट स्पाइर) सावुन वितरण’ शीर्षकको समाचारमा तत्कालिन अवस्थामा स्थानीय दिपेन्द्र जोशी र समुदायका केही ब्यक्तिको भनाइका आधारमा समाचार प्रकाशित भएकोमा संस्थाको भरपाई र कागजात, प्रमाण हेर्दा सावुन वितरण नगरिएको देखिएपछि उक्त समाचारमा खण्डन गरिएको छ । सम्पादक
बैतडी- बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा...
बैतडी– प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरेको छ। आज दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार...
बैतडी– बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ। मृतक भागरथीका आफन्तसँग भेटघाट गर्दै कांग्रेस...