२०८१ माघ ३, बिहीबार
January 16, 2025, Thursday

बुडाल मृत्युप्रकरणः हत्या आरोप लागेका चार जना पुर्पक्षका लागि कारागार चलान

बैतडी – जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका १० खडेनीका जीवन बुडालको हत्या आरोप लागेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा न्यायधीश जयानन्द पनेरुको इजलाशले नारायण सिंह ऐरी (मृतकका भिनाजु), अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र गजेन्द्र सिंह रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो। गजेन्द्र सिंह रावल दशरथचन्द नगरपालिका–६ का निवर्तमान वडाध्यक्ष हुन। उनी यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दशरथचन्द नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए ।

फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन् ।

उनी चौलानी नदीमा मृत भेटिएपछि पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा सँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले हत्या आरोपी १२ जनामध्ये तीन जनालाई साधारण तारिखमा छोड्ने आदेश गरेको तहसिलदार तिर्थराज आचार्यले बताए ।

मोहनसिंह ठगुन्ना, केशव सिंह रावल र चालक भुवनराम लुहार तारिखमा रिहा भएका छन्। यस्तै दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र तेजसिंह खत्री जनही एक लाख ५० हजार र नविन सिंह ठगुन्ना र श्याम सिंह ऐरी जनही ५० हजार धरौटी बुझाएर रिहा भएका बताइएको छ ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७९ चैत्र १७

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP