कर्ण चन्द
डोटी- कारोनो भाईरस नियन्त्रण गर्नका लागी बोगटान फुड्सिल गाउँपालिकाले ५० लाखको बिपद् ब्यबस्थापन कोष खडा गर्ने निर्णय गरेको छ । आइतबार बसेको गाउँपालिका बिपद् ब्यबस्थापन समितिको बैठकले आउन सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै कोषमा ५० लाख रुपैँया राख्ने निर्णय गरको गाउँपालिकाका अध्यक्ष कमलबहादु गडसिलाले बताए ।
बोगटान गाउँपालिकाको प्रबेशद्धार गगुडामा हेल्फ डेस्कको स्थापनागरी अनिवार्य स्वास्थ्य चेकजाँचको प्रबन्ध सुरु गर्नका साथै मष्टेश्वर माध्यामिक बिद्यालय गगुडा, खत्याडी उच्च माध्यामिक बिद्यालय खत्याडी, भगवतेश्वर मेल्टामा र सिमचौर माध्यामिक बिद्यालय सिमचौरमा क्वारेन्टाईनका लागी राख्ने ब्यबस्था गरिएको अध्यक्ष गडसिलाले बताए ।
गाउँपालिकाको केन्द्र खत्याडीमा हेलीप्याड निर्माण गर्ने, भारत तथा बाहिरबाट आएका ब्यक्तीहरुको तथ्याङ्क संकलन गर्ने, अत्याबश्यक काम बाहेक स्वास्थ्यकर्मीलाई बिदा नदिने, कोरोना भाईरसबारे सचेतना फैलाउन स्वास्थ्यकर्मी र महिला स्वयमसेबीका परिचालन गर्ने तयारी गरिएको गाउँपालिकाका उपाध्यक्ष भवगती बमले बताइन् ।
सार्बजनिक स्थान तथा पसलमा अनाबश्यक भिड नगर्न तथा अतिरन्जीत हल्ला नगर्न तथा त्यस्ता हल्लाका पछी नलाग्नका साथै अत्यन्त जरुरी बाहेक बाहीर नहिन्न पनि गाउँपालिकाले सबैमा अनुरोध गरेको छ ।
रोग सर्न सक्ने सम्भाबित खतरालाई मध्यनजर गर्दै बाहिरबाट गाउँपालिकामा भित्रीने ब्रोईलर कुखुरामा प्रतिबन्ध लगार्ईएको छ ।
बोगटान फुड्सिल गाउँपालिकामा उच्च स्तरिय कोरोना भाईरस नियन्त्रण समन्वय समिति र उच्च स्तरिय कोरोना भाईरस नियन्त्रण कार्यान्वयन समिति गठन गरिएको प्रमुख प्रशासकिय अधिकृत शंकर सूचिकारले बताए । ।
कञ्चनपुर – महाकाली करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर सडक खण्डको...