२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

दार्चुलामा रुखबाट लडेर महिलाको मृत्यु

दार्चुला- दार्चुलामा रुखबाट लडेर गम्भीर घाइते भएका एक महिलाको मृत्यु भएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ सेलिचामाका ३२ वर्षिया पशुपति धामीको रुखबाट लडेर मृत्यु भएको हो।

शनिबार बिहान घर नजिकै रहेको चिउरीको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका पशुपतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

रुखबाट लडेर टाउकोमा गहिरो चोट लागेकी धामीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरीले बताएको छ। मृतक पशुपतिका १४ वर्षीय छोरा छन्। उनका श्रीमान आनसिंह धामी विगत १२÷१३ वर्ष देखी वेपत्ता रहेको मृतका आफन्त हिक्मतसिह धामीले जानकारी दिए।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७६ चैत्र ९

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP