२०७७ मंसिर ९, मंगलवार
November 24, 2020, Tuesday
डर छैन कोरोनासँग

जोखिम बढ्यो : सतर्कता घट्यो

डोटी- सरकारले पहिलो पटक चैत्र ११ गते बाट कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी ग¥यो । त्यस यता लकडाउन थपिनुका साथै अन्तराष्ट्रिय नाका बन्द, सार्वजनिक सवारी बन्द, व्यापार व्यवसाय समेत बन्द रहे । त्यो समयमा नेपालमा कोरोना संक्रमण न्यून रह्यो ।
चीनको वुहानबाट फैलिएको कोभिड १९ भाइरसले विश्वभरी फैलियो । नेपालमा पहिलो पटक वुहान युनिभर्सिटीमा अध्ययनरत ३२ वर्षीय पुरुष स्वास्थमा समस्या देखिएपछि नेपाल फर्किएको केही दिनमै अस्पताल भर्ना भए । अस्पताले उनको थ्रोट स्वाव संकलन गरेर हङकङको ल्याबमा परीक्षणका लागि पठायो । उनमा माग १० गते संक्रमण पुष्टि भयो ।

पहिलो संक्रमण नेपालमा देखिएपछि जनमानसमा संत्रास छायो । त्यस पछि प्रवासबाट आएका नेपालीहरुमा संक्रमण देखिदै गयो । प्रवासबाट रोगको चिन्ताले स्वदेश फर्किएकामा संक्रमण देखिदै गएपछि उनिहरुको ट्राभल्स हिष्ट्र समेत पत्ता लगाएर भाइरस नियन्त्रणका लागि थुप्रै प्रयास भए । कोरोनाको त्रास पछि मानिसहरुले सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गरे ।

जनमानसमा भाइरस एकदमै खतरा रहेको र स्वास्थ्यमा गम्भिर असर पार्ने संक्रमित धेरैको मृत्यु हुने हल्ला फैलियो । मानिसहरुले त्यस पछि त्यहि अनुरुपको सतर्कता अपनाउन थाले । धेरै दिन सम्म मानिस बाहिर निस्केनन् । व्यापार व्यवसाय समेत ठप्प पारियो । मानिस त्यो समय कोरोनासँग धेरै डराए । त्यसको प्रतिफल समुदायमा कोरोना संक्रमण न्यून देखियो ।

सुदूरपश्चिमा पहिलो पटक दुबैबाट स्वदेश फर्किएका कैलालीका एक पुरुषमा कोरोना पुष्टि भयो । चैत्र ११ गते ती व्यक्तिमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकी उनकै भाउजुमा समेत कोरोना देखिएपछि सुदूरपश्चिममा त्रास नै पैदा भयो । कैलालीका संक्रमित युवाको पुर्खेउली घर डोटी थियो । डोटीका युवामा देखियो भन्ने हल्लाले डोटीमा समेत त्रास फैलायो । मानिसहरु अझै डराए, सचेत भए, सतर्क रहे लकडाउनको पुर्ण पालना समेत गरियो ।

सुरुवाती चरणमा बजारमा मास्कको चरम अभाव देखियो । स्थानीय तहहरुले भाइरस नियन्त्रण रोकथामका लागि भनेर मास्क, सेनेटाइजर, साबुन वितरण र सचेतना जस्ता कार्यक्रम अगाडी बढाए । यस्ता कार्यक्रमहरुमा तीनै तहका सरकारको सक्रियाता रह्यो । प्रदेश सरकारले लामो लकडाउनमा थलिएको भन्दै राहत खाद्यान्न वितरणका कार्यक्रमलाई समेत अगाडी बढायो । त्यो समय सम्म संक्रमण सुस्त गतिमा बढीरहेको थियो ।

त्यहि बीचमा भारतमा रहेका नेपालीहरु कोभिड १९ कै कारण प्रवासमा व्यरोजगार बने । कतिपयलाई स्वदेश फर्किन दवाव आयो त कतिपय भोक–भाकै रहे । भारतमा समेत लकडाउन कडा पारिएका कारण प्रवासमा नेपालीहरु निकै समस्यामा परे । भारतमा समस्यामा परेपछि रोग को भन्दा भोगको समस्याले चौतर्फी नाका बन्दका वाबजुत नेपालीहरु नाकामा आएर स्वदेश आउन चाहे, कतिपयले नदिमा हाम फालेर आए । सीमा पारी नेपालीहरुको कन्तविजोग नै भयो । उनिहरुलाई नेपाल प्रवेस दिने कुरामा, नाका खोल्ने कुरामा केन्द्र र प्रदेश सरकार मौन रहे ।

स्थानिय सरकारले आफ्ना जनताहरु सीमामा अलपत्र परेको देख्न नसकिने भन्दै आफुसँग भएको श्रोत साधन प्रयोग गरेर स्वदेश ल्याए । सीमामा अलपत्र नेपाली नाकाबाट दैनिक ३ देखी १० हजार सम्म दैनिक नेपाल प्रवेस गर्न थाले । क्वारेण्टाइन व्यवस्थापन देखि चेक जाँचका लागि स्थानीय सरकार र जिल्लाका सरोकारवालालाई हम्मेहम्मे नै प¥यो । स्वदेश फर्किएका धेरै जसोमा संक्रमण देखिएपछि समुदाय, मानिस निकै डराए आत्तिय । तिव्र फैलिएको संक्रमण र भाइरसको कम असरले गर्दा मानिसमा विस्तारै डर हट्दै गएको छ । पछिल्लो समय कोरोना भाइरसको संत्रमण समुदाय स्तरमा सुस्त गतिमा बढी रहेको छ । मानिसमा भाइरसको डर त्रास कम हुँदै भएको छ । मानिसमा भाइरस प्रतिको डर हट्दै गर्दा सतर्कता पछि कम हुँदै भएको छ यसले गर्दा सुस्त गतिको समुदाय संक्रमण तिव्र गतिमा बढ्ने देखिन्छ ।

डर छैन कोरोनासँग

सुरुवाती चरणमा भाइरसको त्रासले सामाजिक भौतिक दुरी कायम, स्वास्थ्य मापदण्डको कार्यान्वयन, सेनेटाइजर मास्कको प्रयोग, लकडाउनको पूर्ण पालना गरिए पनि पछिल्लो समय व्यवास्ता गरिदै आएको छ । व्यवास्ता गरिनुको कारण भाइरसको तिव्र संक्रमण, कम क्षेती, अधिकांसले कोरोना जितेको तथ्याङ्क र व्यवसायिक मार रहेको छ ।

दिपायलमा पुष्तक व्यवसाय गर्दै आएका सर्वजीत देउवा भन्छन्,‘ भाइरस तिव्र गतीमा बढीरहेको छ । हामि जस्तो मान्छेलाई खासै असर नगर्दो रहेछ । एक दिन भाइरसले छुने नै हो । यसलाई जित्नै पर्छ । भाइरस छ भन्दैमा डराइहाल्नु पर्ने अवस्था छैन ।’

उद्योग वाणीज्य संघका अध्यक्ष तथा व्यापारी मोहन कलेले सुरुवातमा आफ्नो पसल अगाडी डोरी बाँधेर ग्राहकहरु भित्र प्रवेस गर्न नपाउँने बनाएका थिए । सामान विक्रि वितरण गर्दा उनले टाढैबाट सामग्री दिने विक्रिवितरण गर्ने गरेका थिए । पैंसा लिएपछि स्यानेटाइजर प्रयोग गर्ने बानी थियो । लकडाउनमा अडर अनुसार घरमै सामग्री पु¥याउने कार्यसमेत गरेका थिए । तर अहिले पहिलाको जस्तो सतर्कता अपनाएको पाइदैन ।

मान्छेहरु कोरोनासँग विस्तारै डराउन छाडेका छन्, लकडाउने गर्दा व्यपारीहरुको व्यवसाय धरापमा परेको छ, कलेलले भने,‘सधैं रोगसँग डराएर, कामकाज बन्द गर्न सक्ने अवस्था रहदैन सतकर्ता चै अपनाउनु पर्छ तर समुदायमा भाइरसको डर कम भएका कारण सतर्कता अपनाइएको पाइदैन यसले गर्दा भाइरसको संक्रमण दर बढ्ने देखिन्छ ।’

शिखर नगरपालिका–७ का एकजना कोरोना संक्रमित भने आफुलाई भाइरस नै नलागेको बताउँछन् । भारतबाट आएर क्वारेण्टाइनमा बसेका ४३ बर्षीय उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । १४ दिन सम्म केही लक्षण नदेखिए पछि कोरोना निको भैसकेको भन्दै घर पठाइएको थियो । उनि भन्छन्,‘भारतमा कोरोना लागेकाहरु विरामी भएका छन् ,अस्पता भर्ना छन् , कतिपय मरिरहेका छन् त्यही डरले हामी नेपाल फर्किका हौं । रिपोर्ट पोजेटिभ देखाएर हामीलाई झन् डराउने काम भयो । मेरो त टाउको पनि दुखेन कोरोना छ भन्नेमा मलाई विस्वास छैन ।’

उनि जस्तै निको भएका अन्य संक्रमितले समेत समुदायमा कोरोना लागे पनि केही हुन्न, कोरोना नेपालमा छैन जस्ता कुराहरु गर्दा डर हराउने गरेको छ । भाइरस प्रतिको डर हराउदै जादा समुदायमा सतर्कता पनि घटेको छ । जसले गर्दा समुदायमा संक्रमण फैलिने उच्च जोखिम रहेको छ ।
सुदूरपश्चिममा लकडाउन खुकुलो भएसँगै व्यपार व्यवसायहरु पनि सञ्चालनमा आएका छन् । व्यापारी तथा ग्राहकहरुले स्वास्थ्य मापदण्डहरुको पालना नगर्दा समुदाय स्तरमा संक्रमण फैलिने उच्च जोखिम रहेको छ ।

पछिल्लो समय बजार तथा सार्वजनिक स्थलहरुमा चहल पहल बढेको छ । छोटो दुरीका सवारी साधनहरुमा भिडभाड सहित यात्रु बोक्ने कार्य भैरहेको छ । होटल तथा रेष्टुरेण्टहरुमा भिडभाड बढै गएको छ । स्वास्थ्य मापदण्ड अपनाउन छोडिएको छ । मास्क, सेनेटाइजरको प्रयोग कम हुदै गएको छ । कोरोना भाइरस प्रतिको डर हराउदै गएको छ । ठुला सहरमा फैलिदै गरेको संक्रमण दर हेर्दा संक्रमण केही दिनमै तिव्र रुपमा फैलिने देखिन्छ ।

सरकारले भौतिक दुरी कायम हुने गरी निश्चित समयमा व्यवापार व्यवसाय सञ्चालन गर्न, यातायात सञ्चालन गर्ने गरी लकडाउन खुकुलो पारेको छ । सुमुदाय स्तरमा सुस्त गती लिइरहेको भाइरस संक्रमणको दैनिक संक्रमण दर, मृत्यु दर र सक्रिय संक्रमित दर बढ्दै गइरहेको छ । सुरुमा प्रशासनले बढी आवतजावत हुने क्षेत्र, व्यपारीक क्षेत्रमा अनिवार्य भौतिकदुरी कायम गराए पनि अहिले त्यसको पालना हुन सकेको छैन ।

विभिन्न ठाउँमा छोटो दुरीका सवारी साधनहरु पनि सञ्चालनमा आएका छन् । प्रशासनले गाडीको क्षमता भन्दा कम यात्रु राखेर भौतिक दुरीहुने गरी यातायात सञ्चालन गर्न भने पनि त्यसको पुर्ण रुपमा पालन हुन सकेको छैन । यसैमा सरकारले लामो दुरीका सवारी साधन तथा विद्यालय खोल्ने निर्णय गरेको छ । यसले संक्रमण फैलिने जोखिम रहे पनि सम्बन्धित ब्यक्ति तथा व्यवसायी सतर्क र सचेत नभैदिए झनै जोखिम बढ्ने खतरा रहन्छ ।

यस अघि अन्यमुलुकबाट आएका ब्यक्तिहरु देखिएको कोरोना संक्रमण सुदूरपश्चिमका विभिन्न जिल्लामा समुदाय स्तरमै फैलिएको छ । खुकुलो लकडाउन, रोग प्रतिको व्यवास्ताले समुदायमा संक्रमण तिव्र हुने भएकाले सचेत र सतर्क रही स्वास्थ्य मापदण्डको पालना गर्नु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

व्यापारीक केन्द्र, व्यावसायिक क्षेत्र, यातायात, विद्यालय, सार्वजनिक स्थल तथा घना बस्तीभएको ठाउँमा संक्रण पस्यो भने संक्रमण दर अझै तिव्र रुपमा फैलिन सक्ने सरोकारवाला बताउँछन् ।

Related News

बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
  • २०७७ आश्विन ४

बझाङ- दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सिल (एफएससी)’ बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग धराशायी भएको छ ।...

कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
  • २०७७ आश्विन ४

नेपालमा कोरोना विरुद्धको खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पास गरेकी छिन् । अध्यादेश पास गरेसँगै खोप खरिदका लागि...

कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
  • २०७७ आश्विन ४

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले...

TOP