२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

बैज्ञानिक वन ब्यबस्थापनका कारण संकटमा चरा

जमुना न्युरे

वातावरणीय सन्तुलन र हुने प्रभावको बारे अध्ययन नगरी गरिएको बैज्ञानिक वन ब्यबस्थापनका कारण चराको अस्तित्व संकटमा परेको भन्दै  संरक्षण कर्मीहरु नै असन्तुष्ट बन्न थालेका छन् ।

नेपाल  सरकारले ल्याएको बैज्ञानिक बन ब्यबस्थापन  ऐन २०७१ कार्यबिधी अनुसार कैलाली र कञ्चनपुरमा कार्यक्रम संचालनमा रहेको छ । 
कैलाली र कंचनपुरमा चौतर्फी रुपमा वैज्ञानिक बन  पहुँच मा रहेका ब्यक्ति हरु को कमाइ खाने भाडो बन्न पुग्यो भन्दै आलोचना गरिन थालिएको  छ ।
कैलालीको घोडाघोडी ताल क्षेत्र वरपरका सामुदायिक बनहरुमा काटिदै गरेका रुखहरुका कारण पंछीहरुको अस्तित्व संकटमा पर्ने देखिएको छ ।
दुर्लभ पंक्षीहरुको बासस्थान बन्दै गएको घोडाघोडी ताल क्षेत्रमा  रहेका ति वनका रुख काट्न गरिएका क्रियाकलापले ताल र चराहरुको अस्तित्वमा खतरा पुग्ने देखिएको छ ।
वातावरणिय अध्ययन र प्रभावको कुनै अध्ययन नै नगरी वैज्ञानिक बन ब्यबस्थापन गरिएको सरक्षणकर्मी   हिरुलाल  चौधरीको भनाइ छ ।
लामो समय  सम्म सरक्षण मा काम गरिरहेका तिलक ढकाल भन्छन,  वैज्ञानिक वन ब्यबस्थापन  नीति तथा  कार्यबिधि आफैमा राम्रो हो ।
सरक्षणका सिद्दान्त अनुसार प्रकृतिलाई जस्तो छ त्यस्तै राख्नु पर्छ, त्यसले पारिस्थिक प्रणाली चुस्त दुरुस्त राख्दछ ढकाल भन्छन ।   वैज्ञानिक बन को सिद्धान्त आफैमा खराबी होईन   तर अभ्यास मा भने कमजोरी देखियको उनको भनाइछ ।
यता डिभिजन वन कार्यलय कैलालीका प्रमुख  राम चन्द्र कडेंलले कार्यबिधि अनुसार नै वैज्ञानिक बन ब्यबस्थापन गर्दा जैबिक विबिधता र पारिस्थितिक प्रणाली कायम गर्ने गरि काम गरिरहेको बताए । बसन्ता सरक्षित बनको क्षेत्रमा , निकुञ्ज को मध्यवर्ती क्षेत्रमा  वैज्ञानिक बन ब्यबस्थापन  गरिएको छैन , सामुदायिक बनको सानो क्षेत्रमा  काम गर्दा जैविक विविधतामा कुनै असर नपर्ने उनले दाबी गरेका छन्  । बिस्तारै  रुपमा हैसियत बिग्रेका  सामुदायिक बनमा काम गर्ने , उपभोक्ताहरुको चाहाना  र उनिहरुको निर्णय अनुसार काम गरियको बताउदै उनले भने, उपभोक्ताहरु लाई सर्बसुलभ रुपमा काठ , दाउरा , जिबिका पार्जन का क्रियाकलाप , सिमसार  क्षेत्रको ब्यबस्थापन  पनि गर्नेछौ ।
यस्तै सरक्षणकर्मी तथा  चरा बिषेयज्ञ  दयाराम चौधरीले भने, बन बिभाग को कार्यनीति र सरक्षणकर्मी बिच आपसी मतभेत रहेको बताए । जहाँ बन नीति ले ठुला , सुकाखडा , ढलापडा  रुखहरु सामुदायिक बनको कार्ययोजना अनुसार  निकालिदा त्यसले चराको बासस्थान र आहार मा असर परेको थियो भने वैज्ञानिक बन ब्यबस्थापनले पनि अझ बढी  जोखिम नल्याउला भन्न सकिन्न ।
नेपाल पन्क्षिं सघका गिद्द सरक्षण अधिकृत  कृष्ण भुसालले चरा तथा जैबिक बिबिधता  सरक्षण बिना वैज्ञानिक बन ब्यबस्थापन को कुनै औचित्य  नरहेको बताउछन

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP