२०७९ मंसिर २३, शुक्रबार
December 9, 2022, Friday

बाजुरामा एसईई परिक्षाको तयारी पुरा,३ हजार बढीले परिक्षा दिदै

चैत ६ गतेदेखि सुरु हुने एसईई परिक्षाको तयारी पुरा भएको छ । जिल्लामा यो वर्ष एसईई परिक्षामा सामुदायिक र निजि विद्यालयका नियमित र ग्रेड वृद्धि गरी ३ हजार ३ सय ८२ जना विद्यार्थीहरु परिक्षा दिने भएका छन् ।
यस वर्षको एसईई परिक्षामा १५ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । तोकीएका सवै परिक्षा केन्द्रमा प्रश्नपत्र, उत्तरपुस्तिका, केन्द्राध्यक्षको टुंगो लगायत अन्य आवश्यक सामग्रीहरु पठाइसकेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख गोपाल दत्त जोशीले बताएका छन् ।
१५ वटै परिक्षा केन्द्रमा परिक्षामा सहभागी हुने विद्यार्थीहरुको सुरक्षाका लागि आवश्यक सुरक्षाको पनि व्यवस्था गरिसकिएको प्रमुख जोशीको भनाई छ ।
सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयको परिक्षा केन्द्रमा ४ सय ६५ जना ग्रेडवृद्धिका विद्यार्थीहरुले परिक्षा दिने व्यवस्था गरिएको छ ।
यस वर्षको एसईई परिक्षामा बाजुराबाट छात्रा १ हजार ४ सय ७१ जना छन भने छात्र १ हजार ४ सय ४६ जनाले परिक्षामा परिक्षा दिने भएका छन् ।

Related News

बैतडीमा जिप दुर्घटना,  एक जनाको मृत्यु
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु
  • २०७६ चैत्र ५

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।...

TOP