२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

चार गुणा बढी भाडा असुल्दै यातायात व्यवसायी

धनगढी- साउन २१ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का हरी जोशीलाई धनगढी जानुपर्ने काम प¥यो । वडा नम्बर २ बाणीबाट गुलरियासम्म हिँडेर पुगेका उनले गुलरियाबाट पेट्रोलबाट चल्ने तीन पाङग्रे रिक्सा भेटे अत्तरियासम्मका लागि । उनले अत्तरियाबाट धनगढी सम्म पुग्न हाइस रोजे ।

हाइसमा उनीबाहेक नेपाल प्रहरीमा कार्यरत एकजना कर्मचारी मात्रै थिए । दुवै जनाले धनगढी सम्मका लागि लाग्ने भाडा बारे बुझ्न चाहे । हाइसका सहचालकले उनीहरुलाई सामान्य अवस्थाको भाडादर भन्दा पाँच गुण भन्दा बढी भाडा मागे । धनगढी जपुगी नहुने र हतार रहेकोले एक सय ६० रुपेया तिरेरै उनी धनगढी पुगे । सामानय अवस्थामा धनगढी–अत्तरिया रुटमा ३० रुपैया मात्रै भाडा लाग्छ । सरकारले भौतिक दुरी कायम राखेर यातायात चलाउँदा सामान्य अवस्थामा भन्दा ५० प्रतिशत सम्म बढी भाडा लिन पाउने भनेको छ । तर ब्यवसायीहरु भने चार देखि ६ गुणसम्म बढी भाडा असुलिरहेका छन् ।

‘प्रहरीलाई खबर गरौं भने अर्को लफडा हुने थियो’ जोशीले भने त्यसोगर्दा समयमै धनगढी पुग्न नसकिने र आफ्नो महत्वपूर्ण काम नबन्ने देखिएपछि हामीले सहचालकले भने जतिनै भाडा दिएर धनगढी पुग्यौ ।’ ‘हाइस’ मै बसेका प्रहरीले समेत लफडामा नपरौं भन्दै चारगुणा बढी भाडा तिरेर धनगढी आएको उनले बताए ।

‘अत्तरियाबाट दुई जना पाउने वित्तिकै हिडेको हाइसले बाटोमा अन्य यात्रु पनि थपेको बताउँदै उनले सवै यात्रुबाट चारगुणा बढी भाडा असुलेको बताए ।

यात्रुलाई सुरुमै बार्गेनिङ गर्दै यातायात व्यवसयीले तोकेको सरकारी मुल्य भन्दा चार गुणा बढी भाडा असुल्दै यात्रुलाई ठग्ने गरेको पाइएको छ । अत्तरिया बाट धनगढी आउन सरकारी सामान्य अवस्थाको ३० रुपैया भाडादरमा ५० प्रतिशत थप गर्दा ४५ रुपैया मात्रै लाग्नुपर्नेमा व्यवसायीले एकजना यात्रुबाट एक तर्फि भाडा १ सय ६० सम्म असुल गरेको पाइएको छ ।

धनगढी बाट अत्तरिया जान बोराडाँडीबाट हाइसमा चढेका कृष्णपुरा नगरपालिका–२ कै गुलरियाका नन्दलाल जोशीले अचाक्ली असुलि हुनेगरेको बताए । ‘सरकारले सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढाएको सुनेको थिएं’ उनले भने–‘तर यातायात व्यवसायीले चार गुण बढी असुली रहेका छन्’ प्रहरीले किन चेकजाँच गर्दैन रु’ यी दुई नमुना मात्रै हुन् । पछिल्लो समय यातायात व्यवसायीले यात्रुबाट तोकेको भन्दा चार गुणा सम्म बढी भाडा असुली गर्ने गरेका छन् ।

यातायात व्यवसायीले आफै जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर लकडाउनमा फसेका यात्रुलाई चार गुणा बढी भाडा असुली गर्ने गरेको पाइएको छ । धनगढीबाट बझाङको भाडा ९ सय रहेकोमा अहिले चार हजार सम्म लिइन्छ । यसै गरी दार्चुलाको भाडा पनि ८ सय ५० हुँदा अहिले चार हजार देखी चार हजार पाँच सय सम्म लिने गरेको पाइएको छ । बाजुराको भाडा १ हजार रहेकोमा पाँच हजार सम्म लिने गरेका छन् ।

यस विषयमा प्रहरीले गुनासो नै नआएको बताउँदा यातायत व्यवसायी भने नियम अनुसार नै भाडा लगेको दावी गर्दै आएका छन् । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले कसैले पनि तोकेको भन्दा बढी भाडा असुली नगरेको बताए । ‘हामीले जिल्ला भित्र सञ्चालन भइरहेका सुन्दर सुदूरपश्चिम यातायात प्रालि अन्तरगतका बसहरुलाई भाडा दर पनि उपलब्ध गराएका छौं’ अध्यक्ष सापकोटाले भने–‘सवैलाई सोही अनुसार भाडा उठाउन र यात्रु राख्न आग्रह पनि गरेका छौं, कसैले अटेरी गरे कारवाही गरिने छ ।’

मालिका यातायात प्रालिका अध्यक्ष डिबि खलौलाले यातायात क्षेत्रमा कसैले बदमासी गरे कारवाही गर्ने चेतावनी दिए । ‘हामीले सरकारी मापदण्डमा रहेर यात्रु ओसार्न र भाडा उठाउन निर्देशन नै दिएका छौं’ उनले भने–‘त्यती गर्दागर्दै पनि कसैले नियम विपरित भाडा असुलेको पाइएमा कारवाही गरिनेछ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक सरोज ठकुराठीले तोकेको भन्दा बढी भाडा असुली गरेको जानकारी पाएपछि तीन व्यवसायीलाई कारवाही गरिएको भएपनि अन्य जानकारी नभएको बताए । ‘हामीलाई बढी भाडा असुली गरेको भन्ने जानकरी आएपछि तीन जनालाई कारवाही गरिएको छ’ ट्राफिक प्रमुख ठकुराठीले भने–‘धेरै यात्रुले बढी भाडा तिरेर पनि जानकारी गराउँदैनन्, कसैले उजरी नगरी कारवाही गर्ने अधिकार हामी संग छैन ।

उनले सरकारले तोकेको भन्दा बढी भाडा असुलेका यात्रुलाई बाटोमा पर्ने ट्राफिक प्रहरीलाई वा सिधै १०३ मा फोन गरी गाडी नम्बर सहित खुलाईदिन यात्रुलाई आग्रह समेत गरेका छन् । ‘कसैले गाडी नम्बर नै उल्लेख नगरी बढी भाडा लगेको भन्ने सूचना दिने गरेका छन्’ ठकुराठीले भने–‘त्यसो गरे हामीले गाडी पत्ता लगाउन सक्दैनौं र दोसी उम्किन सक्दछ, त्यसैले उजुरी गर्दा सवारी नम्बर सहित उल्लेख गरिदिनुहुन अनुरोध छ ।’

कोभिड १९ महामारीका कारण यातायातका साधनमा क्षमताको आधा यात्रु मात्रै राख्न पाइन्छ । कसैले पूर्ण क्षमतामा यात्रु राखे भाडा समेत सामान्य अवस्थाकै लिनुपर्छ । पूर्ण क्षमतामा यात्रु राखेर नियमति भाडा भन्दा ५० प्रतिशत बढी असुल गरे त्यस्ता साधनहरुके नम्बर सहित उजुरी गर्न उनले आग्रह गरे । धनगढी पोष्ट न्यूजबाट

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ श्रावण २३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP