२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

कैलाली कञ्चनपुरमा लकडाउनको फाईदा उठाउदै काठ तस्करी

शिस, कैलाली – लकडाउनको फाईदा उठाउदै कैलाली र कञ्चनपुरका वनबाट काठ तस्करी बढेको छ । कोरोनाको भाईरसको जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले देशमा लकडाउन जारी गरेका बेला कैलाली र कञ्चनपुरका सामुदायिक तथा राष्ट्रिय वनमा चोरी तस्करी हुने क्रम बढेको हो । वन डिभिजन कार्यालय र सामुदायिक वनहरुको निष्क्रीयताको मौका छोप्दै तस्करहरुले सक्रियता बढाएका हुन ।

तर लकडाउनको समयमा वन क्षेत्रमा बढ्दै गएको तस्करी बृद्धि हुँदै गएका बेला नियन्त्रणका लागि लागि परेको दावी डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीको छ। ‘लकडाउनपछि मात्र कञ्चनपुरका राष्ट्रिय वनबाट तस्करीको एक सय ५० क्युफिट काठ बरामद गरिएको छ’, उनले भने, ‘विभिन्न सामुदायिक वनहरुबाट समेत ५० देखि ६० क्युफिट काठ मात्रै बरामद गरिएको छ ।’

अहिले वन क्षेत्रमा हुनसक्ने चोरी सिकारीलाई मध्यनजर गर्दै गस्ती टोली समेत परिचालन गरिएको अवस्थीको दावी छ । यता कैलालीमा समेत डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगत पर्ने विभिन्न वनहरुबाट तस्कर भईरहेको अवस्थामा ६ सय क्युफिट भन्दा बढी काठ बरामद गरिएको छ । लकडाउनमा स्थानीयबासी सहित वनका कर्मचारीहरुको आवातजावात समेत रोकिएपछि तस्करी बढेको हो ।

अन्य समयमा पनि चोरी तस्करी नियन्त्रण हुन नसकेका बेला यो अवधीमा भने झनै बढेको देखिएको छ। वनले ठुलो क्षेत्रफल ओगटेको कैलालीमा झनै तस्करी बढेको छ । तरपनि वन क्षत्र संरक्षणमा संक्रियताका साथ लागेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले बताए । ‘लकडाउनको समयमा चोरी तस्करी नहोला भन्ने सोचेका थियौं’, उनले भने, ‘वन कर्मचारीसंगै स्थानीयको पनि आवातजावत रोकिएपनि कतिपय स्थानबाट काठ तस्करी भईरहेको छ ।’

विभिन्न ठाँउबाट तस्करी हुन लागेको काठ पनि करामद गरेको उनले बताए । वन कार्यालयहरुले नियमित रुपमा निगरानी संगै गस्ती गरिरहेको दावी गरेका बेला कैलाली र कञ्चनपुरमा रहेका राष्ट्रिय, साझेदारी तथा सामुदायिक वनहरुबाट काठ चोरी तस्करीलाई नियन्त्रण गर्न सकिएको छैन् । तर कैलालीकै डिभिजन वन कार्यालय धनगढीले समेत लकडाउनकै अवधीभर १५ सय क्युफिट काठ बरामद र आठ जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए ।

कैलाली कञ्चनपुरमा ठूलो मात्रमा रुख कटानी संगै तस्करी हुने गरेको भएपनि नियन्त्रण भने न्यून मात्रामा भईरहेको छ । लकडाउनको अवधीमा पनि वन कर्मचारी तथा समितका पदाधिकारीहरुकै संलग्नतामा तस्करी हुने गरेको आशंका गरिएको छ ।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ बैशाख २४

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP